सुनको भाउ लगातार उकालो लाग्दै, कतिमा हुदैछ कारोबार?
२० श्रावण २०७९, शुक्रबार ११:१८

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ७ सय रपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रूपैयाँ कायम भएको छ र तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज नेपाली बजारमा चाँदीको भाउ १२ सय २० रुपैयाँ कायम भएको छ ।
बिहिवार स्थानीय बजारमा सुनको मूल्य ८ सय रूपैयाँले वृद्धि भएको थियो भने चाँदीको मुल्य स्थिर रहेको थियो ।













