भूतपूर्व अध्यक्षमाथि भटाभट मुद्दा लागेपछि नयाँ निर्णय गर्न डराईन् अध्यक्ष चन्द्रकला

काठमाडौं । नेपाल बीमा प्राधिकरणका भूतपूर्व अध्यक्षमाथि भटभट मुद्दा लागेपछि अध्यक्ष चन्द्रकला पौडेलले नयाँ निर्णय गर्न सकेकी छैनन् ।
दुई अध्यक्षद्वय मदन दाहाल र शरद ओझासहित ४२ जना विरुद्धमा बीमा ऐन २०७९ अन्तर्गतको कसुरमा मुद्दा दायर भएसँगै हालका अध्यक्ष चन्द्रकला पौडेलले नयाँ काममा हात अघि बढाउन छोडेको पाइएको हो । यता बीमा प्राधिकरणको सूर्य सिलवाल पनि हालसम्म अख्तियारमा धाईरहेका छन् ।
बीमा क्षेत्रकै सबैभन्दा ठूलो बीमा कसुरको मुद्दा दायर भएसँगै अध्यक्ष चन्द्रकला पौडेल यतिबेला कुनै पनि निर्णय गर्न हिच्किचाएको पाइएको प्राधिकरणको स्रोतले जनाएको छ।
बीमा प्राधिकरणमा सरकारले अध्यक्ष नियुक्त गर्न नसक्दसम्मको लागि चन्द्रकला पौडेललाई उपराष्ट्रपतिको कार्यालयको समय छुट्याएर बेलुका नियमित रुपमा बीमा प्राधिकरणको काम कारवाही नरोकिओस् भन्ने हेतुले पठाउने गरेको छ।
पछिल्लो समय दैनिक निर्णय सम्बन्धी कामको चाङ रोकिएपनि उनको डरको कारण कुनै निर्णयले अन्तिम रुप पाउन सकेको छैन ।











