अर्थमन्त्री शेयर लगानीकर्तालाई झुक्याए, पुँजिगत लाभकर झनै बढ्यो, अन्तिम कर ‘सम्भवै छैन’

८ असार २०८३, सोमबार ०९:०९

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर लगानीकर्ताहरुलाई झुक्याएको पाइएको छ । बजेट बक्तव्य र आर्थिक विधेयकमा फरक फरक ब्याख्या गरेका कारण शेयर कारोबारबाट लगानीकर्ताहरुले गत वर्षको तुलनामा झनै बढी कर तिर्नुपर्नेछ भने अन्तिम कर हुने व्यवस्था पनि कही कतै छैन ।

अर्थमन्त्री डा. वाग्लेले बजेट बक्तव्यमा मात्रै नभएर बजेट बक्तव्यको दुई दिनपछि आयोजित पत्रकार सम्मेलनमा भनेको थिए, ‘पुँजिगत लाभकर अन्तिम हो कि होइन भन्ने भ्रम छ, ढुक्क हुनुस्, अन्तिम नै हो ।’ तर व्यवहारमा भने त्यस्तो देखिएको छैन । आर्थिक बिधेयकमा पुँजिगत लाभकर अन्तिम हुने व्यवस्था कही कतै छैन ।

चालु आवको असार मसान्तसम्ममा शेयर कारोबारबाट आर्जिक मुनाफामा एक बर्षभित्र शेयर बिक्री गरेर आर्जित मुनाफामा ७ प्रतिशत र एक बर्षभन्दा बढि समयका शेयर बिक्रीबाट प्राप्त आयमा ५ प्रतिशत पुँजिगत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।

नयाँ बजेटका कारण आगामी साउन १ गतेदेखि यस्तो करको दर एक बर्षभित्रका कारोबार १० प्रतिशत र एक बर्षभन्दा बढि समयका शेयर बिक्रीबाट प्राप्त आयमा ७.५ प्रतिशत कर लगाउने निर्णय गरेका छन् । आयकर ऐन बमोजिम अन्तिम कर हुने व्यवस्था छैन । बजेटमा पनि अर्थमन्त्रीले सो सम्बन्धी व्यवस्था कतै राखिएको छैन ।

अर्को कुरा शेयर कारोबार अन्तिम हुने व्यवस्था १० प्रतिशतको सीमा राखेर अन्तिम कर कायम गर्न सम्भव पनि छैन । अन्य व्यवसाय, काराबारबाट आर्जिक मुनाफामा ३० प्रतिशतसम्म कर लगाउने आएको शेयर सरकारले शेयर कारोबारलाई मात्रै १० प्रतिशत करलाई अन्तिम कर बनाउन सम्भव पनि छैन ।

सरकारले ठूलो मात्रामा राजश्व आयकरबाटै असुल गर्दै आएको छ । ठूला कारोबार गर्ने शेयर खेलाडी तथा संस्थागत शेयर कारोबार गर्ने कम्पनीहरुबाट बार्षिक अर्बौ रुपैयाँ राजश्व संकलन गर्दै आइरहेको छ । अन्तिम कर सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएमा सरकारले अर्बौ रुपैयाँ राजश्व गुमाउनेछ भने कर सम्बन्धी विद्यमान कानुनमा ठूलो विभेद र मिस म्याचिङ हुनेछ ।

लगानीकर्ताहरुलाई झुक्याएका अर्थमन्त्री डा. वाग्लेले अब कुन मुखले प्रतिरक्षा गर्छन त्यो भने हेर्न बाँकी नै ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*