मुक्तिनाथ विकास बैंकमा कर्मचारी माग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले दुई पदका लागि कर्मचारी माग गरेको छ। बैंकले सिभिल इन्जिनियर र हेड–रिसर्च, इनोभेसन एण्ड प्रोडक्ट डेभलपमेन्ट विभागमा एक–एक जना कर्मचारी माग गरेको हो।
सिभिल इन्जिनियर पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक वा सो सरह योग्यता हासिल गरी नेपाल इन्जिनियरिङ परिषद्को वैध सदस्यता लिएको हुनुपर्नेछ। साथै भूमि तथा भवन मूल्यांकन, परियोजना विकास तथा सुपरिवेक्षण क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव आवश्यक रहेको छ।
त्यसैगरी हेड–रिसर्च, इनोभेसन एण्ड प्रोडक्ट डेभलपमेन्ट विभागका लागि व्यवसाय, व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्ने बैंकले जनाएको छ।
तोकिएको अन्य योग्यता पूरा भएका इच्छुक उम्मेदवारले आवश्यक कागजात सहित बैंकको करियर पोर्टलमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति असार २३ गते तोकिएको छ।












