सुधनको अमलेटमा माछाको काँडा भेटिएपछि भान्छेलाई प्रहरी लगाइयो

९ असार २०८३, मंगलवार १८:५१

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले खाएको अमलेटमा माछाको काँडा भेटिएपछि होटलका भान्छेमाथि प्रहरी लगाएर केरकार गरेको पाइएको छ । चितवनस्थित लड्स प्लाजा होटलमा सोमबार बिहानको खानाका क्रममा उक्त घटना भएको जनाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका गृहमन्त्री गुरुङले नास्ताका रूपमा अण्डाको अमलेट खाएका थिए। अमलेट खाने क्रममा त्यसमा माछाको काँडा भेटिएपछि उनले असन्तुष्टि जनाएका थिए।

घटनापछि होटलका दुई जना भान्छेलाई प्रहरीको उपस्थितिमा सोधपुछको नाममा धक्की दिएका थिए । सामान्य खानासम्बन्धी त्रुटिलाई लिएर प्रहरी मार्फत दुःख दिएका हुन् । शक्तिको आडमा गुरुङले सम्बन्धित भान्छेहरूले अनावश्यक तनाव र दबाब दिएका थिए । उनीहरूलाई लामो समयसम्म केरकार गरिएको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*