कामु सीईओ नियुक्त भएको ६ दिनमै हिमालयन रिइन्स्योरेन्सका मुकेश कुमार कपूरको राजीनामा

९ असार २०८३, मंगलवार ११:३१

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मुकेश कुमार कपूरले पदबाट राजीनामा दिएका छन्।

कम्पनीका अनुसार सञ्चालक समितिको असार २ गते बसेको बैठकले कपूरलाई कायममुकायम सीईओको जिम्मेवारी प्रदान गरेको थियो। तर जिम्मेवारी सम्हालेको एक सातासमेत नपुग्दै उनले पदबाट राजीनामा दिएका हुन्।

कपूरले असार ८ गते आफ्नो राजीनामा पत्र कम्पनीसमक्ष बुझाएको कम्पनीले जनाएको छ। उनी कामु सीईओ नियुक्त भएको ६ दिनमै पदबाट बाहिरिएका हुन्।

उनले नायब प्रमुख कार्यकारी अधिकृतमा समेत राजीनामा दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*