राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले ऋणपत्र जारी गर्न बोर्डबाट पायो अनुमति

२७ बैशाख २०७८, सोमबार १८:०६

काठमाडौं । धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले राष्ट्रिय वाणिज्य बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ बराबरको गर्न अनुमति दिएको छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल २५ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो । यसमध्ये १० लाख इकाई ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला हुनेछ । बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले ६ वर्ष अवधि भएको आरबीबीएल डिबेन्चर २०८३ रहेको छ।भने बैंकको ऋणपत्र बिक्रि प्रबन्धकमा एनआइबीएल एस क्यापिट रहेको छ।

त्यस्तै, प्रभु बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गन बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी २४ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको प्रभु बैंक डिबेन्चर “२०८७” नाममा ऋणपत्र जारी गर्न लागेको हो । बैंकको बिक्रि प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*