खराव मौषमका कारण बुद्ध एयरको जहाज काठमाडौं विमानस्थलमा ओभरसूट

७ पुष २०७९, बिहीबार ०७:५४

काठमाडौं । खराव मौषमका कारण काठमाडौं काठमाडौं विमानस्थलमा धेरै उडान प्रभावित भएका छन् । काठमाडौंबाट उडेका तीन वटा बुद्ध एयरका जहाजहरु पुनः काठमाडौं फर्काइदै छ । यसैबीच, विराटनगर जाँदै गरेको जहाज मौषम खराव भएपछि काठमाडौं फर्कने क्रममा काठमाडौंस्थित विमानस्थलमा पनि अवतरण गर्न नसकेपछि ओभरसूट गरेको छ ।

सो जहाजले काठमाडौंको आकाशमा तीन फन्को मारे पनि अवतरण गर्न नसकेपिछ बारा माथि पुगेर पुनः अप्रोच लिएर अवतरण गर्दैछ । बाक्लो हुस्सुका कारण आज विहानैदेखि काठमाडौंस्थित विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भएको छ भने आन्तरिक उडान प्रभावित भएको छ । मौषम सुधारोन्मुख भएकोले केहीबेरमा खुल्न सक्ने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*