सुपरमाई हाइड्रोपावरको आईपीओ आज बाँफाँट हुँदै

४ फाल्गुन २०७९, बिहीबार ०५:४६

काठमाडौं।  सुपरमाई हाइड्रोपावरले निष्काशन गरेको आईपीओ आज बाँफाँट हुँदैछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा आज बिहान १० बजे शेयर बाँडफाँट हुँदैछ ।

पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओ १३ लाख ८६ हजार ८०२ जना आवेदनबाट एक अर्ब ५४ करोड ६ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६ हजार ६० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ४ लाख १५ हजार कित्ताको ३७।१२ गुणा बढी हुन आउँछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*