कृत्रिम बुद्धिमत्ता र डिजिटल पहुँच विस्तार गर्न सामसङ र एनसेलबीच सहकार्य

काठमाडौँ । सामसङ नेपाल र एनसेलले नेपालभरका ग्राहकका लागि उन्नत मोबाइल प्रविधि, एआई अनुभव र डिजिटल कनेक्टिभिटीलाई अझ पहुँचयोग्य बनाउन आफ्नो सहकार्यलाई थप सुदृढ गरेका छन्। सामसङको ग्यालेक्सी नवप्रवर्तन र एनसेलको कनेक्टिभिटी नेटवर्कलाई जोड्दै यो सहकार्यले छनोट गरिएका ग्यालेक्सी स्मार्टफोनमा निःशुल्क डेटा तथा भ्वाइस प्याक, आकर्षक एक्सचेन्ज बोनस, थप वारेन्टी र सहज किस्ताबन्दी भुक्तानीजस्ता विभिन्न सुविधा उपलब्ध गराउनेछ।
नयाँ स्मार्टफोन खरिदमा मात्र सीमित नरही सामसङ र एनसेलले ग्राहकलाई पुरानो 2G प्रविधिबाट छिटो 4G कनेक्टिभिटीमा जान प्रोत्साहित गरिरहेका छन्। 2G देखि 4G अपग्रेड अभियानअन्तर्गत ग्राहकले जुनसुकै 2G डिभाइस साटेर सामसङ को 4G स्मार्टफोन खरिद गर्दा रु. ५,००० सम्मको एक्सचेन्ज सुविधा पाउन सक्नेछन्। आकर्षक एक्सचेन्ज सुविधासँगै उपलब्ध न्यूनतम रु. १,२२१ को EMI विकल्पले अपग्रेडलाई थप सहज र किफायती बनाउनेछ। यस पहलले डिजिटल पहुँचको दूरी घटाउँदै नेपालमा 4G प्रविधिको प्रयोग विस्तार गर्ने सहकार्यको प्रतिबद्धतालाई थप बलियो बनाउँछ।
यस सहकार्यको मुख्य उद्देश्य प्रविधिलाई सबैका लागि पहुँचयोग्य बनाउनु र एआई तथा कनेक्टेड अनुभवलाई प्रिमियम स्मार्टफोनमा मात्र सीमित नराख्नु हो। स्मार्टफोनको दैनिक प्रयोगमा जेनेरेटिभ एआईको महत्त्व बढ्दै जाँदा सामसङले ग्यालेक्सी उत्पादन शृङ्खलामार्फत अझ धेरै ग्राहकसम्म एआई अनुभव पुर्याउँदै आएको छ। ग्यालेक्सी ए१७ लगायतका स्मार्टफोनमा उपलब्ध एआई सुविधाले उन्नत प्रविधिलाई अझ उपयोगी र किफायती बनाउनेछ।
यस सहकार्यअन्तर्गत छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले मोडेल र योग्यताअनुसार १२ महिनासम्मका लागि Ncell का छनोट गरिएका मासिक डेटा तथा भ्वाइस प्याकमा शतप्रतिशत छुट पाउन सक्नेछन्।
| मोडेल | मासिक प्याक सुविधा | अवधि | प्याकको मूल्य | छुट |
| Z Fold8/Flip8/Fold7/S26 Ultra/S26+/S26/S26 FE | रु. ७९९: अनलिमिटेड डेटा तथा भ्वाइस, Lionsgate र दैनिक १०० SMS | १२ महिना | रु. ९,५८८ | शतप्रतिशत निःशुल्क |
| A17, M17, A07s | रु. ४४९: ७ GB डेटा र अनलिमिटेड भ्वाइस | ९ महिना | रु. ४,०४१ |
फ्ल्यागशिप नवप्रवर्तन अब ग्राहकको पहुँचमा
स्मार्टफोन अपग्रेड गर्दा मूल्य महत्त्वपूर्ण हुने भएकाले सामसङले Hulas Fin Serve सँगको सहकार्यमा आफ्नो किस्ताबन्दी भुक्तानी योजनालाई थप सहज बनाएको छ। छनोट गरिएका फ्ल्यागशिप फोनमा ग्राहकले ३६ महिनासम्मको EMI सुविधा लिन सक्नेछन्। मासिक किस्ता रु. ५,१०६ देखि सुरु हुने यस योजनाले सामसङका उन्नत फोल्डेबल फोनलाई अझ धेरै ग्राहकको पहुँचमा ल्याउनेछ।
त्यस्तै, छनोट गरिएका ग्यालेक्सी फ्ल्यागशिप स्मार्टफोनमा अपग्रेड गर्ने ग्राहकले रु. १०,००० सम्मको एक्सचेन्ज बोनस पाउन सक्नेछन्। योग्य ग्यालेक्सी Z र S सिरिजका ग्राहकले एक वर्षको थप वारेन्टी पनि पाउनेछन्, जसले खरिदमा थप मूल्य र ढुक्कता प्रदान गर्नेछ। सामसङका विभिन्न स्मार्टफोनमा उपलब्ध २४ महिनासम्मको EMI विकल्पले ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार डिभाइस छनोट गर्न थप सहजता दिनेछ।
प्रविधिमा पहुँच विस्तार गर्दै सामसङले नेपालमा डिभाइसको जिम्मेवार प्रयोग र विद्युतीय फोहोर व्यवस्थापनलाई प्रोत्साहन गरेर अझ दिगो डिजिटल भविष्य निर्माणतर्फ पनि कदम चालेको छ।
CypherBlk सँगको आगामी सहकार्यअन्तर्गत सामसङले प्रयोग भइसकेका विद्युतीय डिभाइसको जिम्मेवार सङ्कलन तथा व्यवस्थापनलाई थप व्यवस्थित बनाउने लक्ष्य राखेको छ। यसले ग्राहकलाई अझ दिगो तरिकाले डिभाइस अपग्रेड गर्न प्रोत्साहित गर्नेछ। आकर्षक एक्सचेन्ज सुविधालाई विद्युतीय फोहोरको जिम्मेवार व्यवस्थापनसँग जोडेर, नयाँ प्रविधिमा अपग्रेड गर्दा स्वच्छ र दिगो डिजिटल भविष्यमा पनि योगदान पुग्ने सामसङको अपेक्षा छ। यी सेवा सामसङका सेवा केन्द्र र छनोट गरिएका ब्रान्ड स्टोरमा उपलब्ध हुनेछन्।
यो पहलले सामसङ र Ncell को 2G देखि 4G अपग्रेड अभियानलाई थप सहयोग गर्नेछ र प्रविधिको प्रयोगलाई वातावरणीय जिम्मेवारीसँग जोड्नेछ।
| मोडेल | एक्सचेन्ज बोनस | थप वारेन्टी | |
| Z Fold8/Flip8/Fold7/S26 Ultra/S26+/S26/S26 FE | रु. १०,००० | उपलब्ध | |
| A17, M17, A07s | रु. ५,००० | उपलब्ध छैन | |
सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले भने, “यस सहकार्यबाट सामसङ नेपालले सामान्य स्मार्टफोन प्रवर्द्धनभन्दा अघि बढेर नेपालमा अझ समावेशी डिजिटल इकोसिस्टम निर्माण गर्ने लक्ष्य राखेको छ। एआई अनुभवलाई पहुँचयोग्य बनाउने, प्रिमियम फोल्डेबल प्रविधिलाई ग्राहकको पहुँचमा ल्याउने, किफायती 4G अपग्रेडमा सहयोग गर्ने र विद्युतीय फोहोरको जिम्मेवार व्यवस्थापनलाई प्रोत्साहन गर्ने जस्ता पहलले प्रविधिमार्फत ग्राहकलाई सशक्त बनाउने हाम्रो साझा प्रतिबद्धता देखाउँछन्।”
प्रि-अर्डर नोभेम्बर २० देखि सुरु भई नोभेम्बर २३ सम्म खुला रहनेछ। तल दिइएको QR कोडमार्फत प्रि-अर्डर गर्ने ग्राहकले रु. ४,९९९ मूल्यको Buds Core मा ६२% छुट पाउनेछन्।











