सुपरमाई हाइड्रोपावरले कति पाउला ओपनिङ रेञ्ज ?
७ फाल्गुन २०७९, आईतवार १७:४७

काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड फागुन ६ गते सम्पन्न भइसकेको छ । कम्पनीले ओपनिङ रेञ्ज कति पाउला भन्ने आम लगानीकर्ताहरुको चासो रहेको छ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३० रूपैयाँ ७६ पैसादेखि अधिकतम ३ सय ९२ रुपैयाँ २८ पैसा ओपनिङ रेञ्ज ९निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।












