तीन दिनपछि खुलेको शेयरबजारमा दोहोरो अंकको गिरावट, कारोबार खुम्चियो

८ फाल्गुन २०७९, सोमबार १५:१४

काठमाडौं । उतारचढावकाबीच नेप्से सूचक आज २३ अंकले घटेर २०४६ को इन्डेक्समा झरेको छ । तीन दिनपछि खुलेको शेयरबजार आज १.१४ प्रतिशतले घट्दा लगानीकर्ताहरु निरुत्साही बनेका छन् ।

नयाँ सरकार गठनसँगै उकालो लाग्न थालेको शेयबजार केही दिनयता लगातार घट्न थालेको छ । नेपाल राष्ट्र बैंकले अर्धवार्षिक मौद्रिक नीतिको समिक्षामा आम लगानीकर्ताको माग सम्बोधन हुन नसक्दा शेयरबजार घट्न पुगेको हो ।

आज नेप्सेमा सूचीकृत २५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९४ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । लगानीकर्ताहरुमा निराशापन थपिएसँगै नेप्सेसँगै कारोबार रकम समेत घटेको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये म्युचुअल फण्ड र व्यापार इन्डेक्स बाहेकका सबै उपसूचक राताम्य रहेका छन् । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन उपसूचकको ३.२० प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*