मैलुङ हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । मैलुङ हाइड्रोपावरको आइपीओमा माग भन्दा बढीको आवेदन परेको छ । कम्पनीो आइपीओमा १ अर्ब २८ करोड ५९ लाख ५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आजसम्मा ११ लाख ४४ हजार १२९ जनाले १ करोड २८ लाख ५९ हजार ५० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ५।६७ गुणा बढी आवेदन हो ।
मोलुङ हाइड्रोपावरले फागुन ४ गतेदेखि २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये १० प्रतिशथ अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।
यस्तै, ५ प्रतिशथ अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।












