शेयरबजारमा ३३ अंकको बढोत्तरी, हाइड्रोपावर उपसूचक बढ्दा लघुवित्तहरुको शेयर घट्न थाले

१० फाल्गुन २०७९, बुधबार १५:१४

काठमाडौं । लगातार गिरावट आएको शेयरबजारमा आज हरियाली छाएको छ । केही दिनयता ओरालो लागेको नेप्से सूचक आज ३३.५७ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा शेयरबजार सुधारका निमित्त केही पक्षहरु नसमेट्दा घट्न थालेको शेयरबजारमा आज एकाएक ३३ अंकको सुधार देखिएको हो । शेयरबजार चम्किएसँगै लगानीकर्ताहरुमा उत्साह थपिन पुगेको छ ।

नेप्सेमा रहेका २६९ कम्पनीको ४७ लाख ७९ हजार ७९६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ८० करोड ३२ लाख रुपैयाँमाथिको कारोबार भएकोछ । नेप्से बढेपनि अघिल्ला दिनहरुमा घटेको बजारका कारण आज कारोबार खासै माथि उक्लिन सकेन ।

त्यस्तै, नेप्सेमा रहेका १३ इन्डेक्स मध्ये आज माइक्रोफाइनान्स, म्युचुअल फण्ड र ब्यापार उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक आज हाइड्रोपावर उपसूचक बढेको छ भने माइक्रोफाइनान्स सूचक १.४० प्रतिशतले घट्न पुगेको छ ।

पछिल्लो समय लघुवित्त सम्बन्धी विभिन्न काण्डहरु तथा समाचारहरु आएसँगै लघुवित्त संस्थाहरुको शेयर धमाधम घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*