भर्खरै आइपीओ निष्काशन गरेको सुपरमाई हाइड्रोपावरको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय विवरण

१२ फाल्गुन २०७९, शुक्रबार १०:२०

काठमाडौं । सर्वसाधारणको लागि भर्खरै आईपीओ निष्काशन गरेको सुपरमाई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३३.१२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७ करोड ५० लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले कम्पनीले विद्युत बिक्री मार्फत १३ करोड ९३ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ । त्यसैगरी, कम्पनीको अन्य आम्दानी ९ लाख ५३ हजार रुपैयाँ रहेको छ । चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्वीटि ५ करोड ३० लाख ३० हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५५ पैसा, प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ २५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*