बैंक ऋण चुक्ता गर्न बलेफी हाइड्रापावरले ५०% हकप्रद जारी गर्ने

१४ फाल्गुन २०७९, आईतवार १०:३७

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले कम्पनीले बैंक ऋण चुक्ता गर्नका लागि हालको चुक्तापुँजीको १ बराबर ०.५ अनुपातमा हकप्रद शेयर निष्काशनको लागि आगामी वार्षिक साधारण सभामा स्वीकृतिको लागि प्रस्ताव पेश गर्ने निर्णय गरेको ।

कम्पनीले संचालनमा रहेको माथिल्लो बलेफी–ए जलविद्युत आयोजनाको (२६ मे.वा.)को गत जेठ १० गतेदेखि शेयर कारोबारमा रहेकोकोमा कम्पनीको बैंक कर्जा गर्ने उद्देश्यले चुक्तापुँजीको ५०% हकप्रद निष्काशन गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*