मोदी इनर्जी लिमिटेडले करिब ३ अर्बको आइपीओ जारी गर्न बोर्डबाट पायो अनुमति

१५ फाल्गुन २०७९, सोमबार ११:३३

काठमाडौं । मोदी इनर्जी लिमिटेडलाई आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका कुल २ अर्ब ९० करोड रुपैयाँको आइपीओ जारी गर्न अनुमति पाएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका कुल २ करोड ९० लाख कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको हो । जसमा आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि गरी दुई चरणमा आइपीओ निष्काशन हुनेछ ।

कुल २ करोड ९० लाख कित्ता मध्ये कर्मचारी, तथा संस्थापक सबै छुट्याएर बाँकी रहेको २५ प्रतिशत अर्थात् ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । कम्पनीको प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*