लाभांश प्रस्ताव सहित युनाईटेड मोदी हाइड्रोपावरले डाक्यो साधारण सभा

२६ फाल्गुन २०७९, शुक्रबार १०:५५

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २५ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैघ २३ गते कम्पनी रजिष्ट्रार्डको कार्यालय, हेरिटेज प्लाजा, कमलादी, काठमाडौंमा बिहान ११ बजे बस्ने भएको छ ।

सभाले चालु आर्थिक वर्षको मुनाफाबाट कम्पनीको हाल कायम रहेको चुक्ता पुँजीको ७ प्रतिशत बोनश शेयर (कर बाहेक) ०।३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

सभाले वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्शान हिसाब र नगद प्रवाहहरुको विवरण लगायतको वित्तिय विवरण पारित गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, सभाले लेखापरिक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९।८० को लागि लेखापरिक्षक नियुक्त गर्ने लगायतका अन्य महत्वपुर्ण प्रस्तावहरु रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*