यी हुन् आज सर्वाधिक गुमाएका कम्पनीहरु
२ चैत्र २०७९, बिहीबार १५:११

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात आज शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ५।३२ अंकले घटेर १९३३ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजार घटेसँगै लक्षी लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ । त्यस्तै, नयाँ सारथी लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, ग्रिन डेभलपमेन्ट बैंक लगायतका अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।













