कुमारी सुनौलो लगानी योजनाको इकाईका लागि आवेदन दिने म्याद थप

१३ चैत्र २०७९, सोमबार १०:५६

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको ‘कुमारी सुनौलो लगानी योजना’ को इकाईका आवेदन दिने म्याद थप गरिएको छ । चैत ९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सो योजनाको इकाईका लागि अब चैत २३ गतेसम्म आवेदन दिन सकिने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गरेको हो।

सोमध्ये हाल ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई सार्वजनिक निष्काशनमार्फत बिक्री गरेको भने बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीका लागि खुल्ला गरिने क्यापिटलले जनाएको छ।

क्यापिलले १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी ३ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*