सुपरमाई हाइड्रोपावरको पहिलो कारोबार कतिमा भयो ?

१३ चैत्र २०७९, सोमबार ११:०५

काठमाडौं । आज स्पेशल प्रि ओपन सेसनमा सुपरमाई हाइड्रोपावरको पहिलो कारोबार भएको छ।आज कम्पनीको शेयर प्रतिकित्ता ३९१ रुपैयाँमा पहिलो कारोबार भएको हो।कम्पनीको शेयर गत सोमबार नेप्सेमा सूचीकृत भएको थियो।

कम्पनीले आयोजना प्रभावित स्थानियलाई निष्काशन गरेको ५ लाख कित्ता शेयर, सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरेको ५ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ४० लाख कित्ता सहित ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सले न्युनतम १३० रुपैयाँ ७६ पैसादेखि ३९२ रुपैयाँ २९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*