छत्रपाटी निःशुल्क अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउने अध्यक्ष डा.श्रेष्ठको घोषणा

काठमाडौं । छत्रपाटी निःशुल्क अस्पतालका नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण तथा शुभकामना आदानप्रदान गरिएको छ । डा. मनोजमान श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन कार्य समितिलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेको हो ।
दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएसँगै डा. मनोजमान श्रेष्ठले क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई देशकै अत्याधुनिक र मोडुलर ओटीसहितको सुविधा सम्पन्न अस्पताल बनाउने घोषणा गरेका छन् ।
अस्पालको उपाध्यक्षमा कुमारदेव मानन्धर, महासचिवमा कृष्टिना श्रेष्ठ, सचिवमा जगदिश माली, कोषाध्यक्षमा लहना श्रेष्ठ, सह–कोषाध्यक्षमा कृष्ण प्रसाद मानन्धर र सदस्यहरुमा निरन महर्जन, सुमनकृष्ण श्रेष्ठ, जुजुकाजी महर्जन, सुरज श्रेष्ठ र डिएलचन्द्र मानन्धर निर्विरोध निर्वाचित भएका छन् ।












