राष्ट्रपतिद्वारा मिटरब्याजीलाई कारबाही गर्ने अध्यादेश जारी
२० बैशाख २०८०, बुधबार १५:५६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याज समस्या सम्बन्धी अध्यादेश जारी गरेको छ । राष्ट्रपति पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८०, जारी गरेका हुन् ।
राष्ट्रपति पौडेलले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा मिटरब्याजीलाई कारबाही गर्ने तथा मिटरब्याज सम्बन्धी समस्या अध्यादेश जारी गरेका हुन् । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि उक्त अध्यादेश ल्याएको हो ।













नेपाली जनताको पुकार, मिटर ब्याजबाट मुक्त समाज