३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

४ जेष्ठ २०८०, बिहीबार १०:५६

काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बुधबार पनि सुनको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासँघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर १ लाख ९ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार २ सय रुपैयाँ कायम रहेको छ ।

कारोबारको अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ कायम रहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य बुधवारको दाजोमा स्थिर रही १ हजार ३७० रुपैयाँले कारोबार भैरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*