पढ्दै कमाउँदै, कमाउँदै पढ्दै अभियानलाई जोड दिने सरकारको निर्णय

५ जेष्ठ २०८०, शुक्रबार १७:३४

काठमाडौं । सरकारले सर्वसुलभ गुणस्तरीयको शिक्षाको पूर्वाधार अवधारणा बमोजिम शिक्षा क्षेत्रलाई अघि बढाउने निर्णय गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा क्षेत्रको प्रबर्द्धन गर्ने बताउनुभयो ।

साथै विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय ल्याउने, सिकाउने र टिकाउने कार्यलाई प्रोत्साहन मूलक कार्यलाई अभियानका रुपमा संचालन गर्ने बताउनुभयो । साथै शिक्षा क्षेत्रको प्रबर्दनका लागि पढ्दै कमाउँदै वा कमाउँदै पढ्दै अभियानलाई जोड दिने बताउनुभयो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*