भूकम्पबाट क्षति भएका २५ वटा सम्पदाहरुको पुर्ननिर्माण गरिने
१५ जेष्ठ २०८०, सोमबार १७:५७

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा भूकम्पबाट क्षति भएका २५ वटा सांस्कृति सम्पदाहरुको पुनर्निमाण कार्य सम्पन्न गरिने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।
२०७२ सालमा आएको विनाशकारी भूकम्पले क्षति भएका भक्तपुर दरबार, नुवाकोटको साततले दरबार, हनुमान ढोका लगायका २५ सांस्कृति सम्पदाको पुर्ननिर्माण गरिने अर्थमन्त्री महतले बताए ।












