एनआईसी एशिया बैंकका डिजिटल बैंकिङ सेवा अबरुद्ध हुने

१२ आश्विन २०८३, सोमबार १७:१५

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो सञ्जाल तथा सूचना प्रविधि पूर्वाधारलाई थप सुरक्षित र प्रभावकारी बनाउन सुरक्षा प्रणाली स्तरोन्नति गर्ने भएको छ। बैंकले उक्त कार्यका क्रममा बैंकिङ तथा सम्बन्धित डिजिटल सेवाहरू केही समयका लागि प्रभावित हुन सक्ने जनाएको छ।

बैंकका अनुसार २०८३ साल असोज १३ गते मंगलबार राति १२ बजेदेखि बिहान २ः३० बजेसम्म सेवा प्रभावित हुनेछ। उक्त अवधिमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम, पिओएस, क्यूआर भुक्तानी, कनेक्टआईपीएस लगायतका बैंकिङ सेवाहरू आंशिक वा पूर्ण रूपमा अवरुद्ध हुन सक्ने बैंकले जनाएको छ।

सुरक्षा प्रणाली स्तरोन्नतिको कार्य सम्पन्न भएपछि सेवाहरू नियमित रूपमा सञ्चालनमा आउने बैंकको भनाइ छ। सेवा प्रभावित हुने अवधिमा ग्राहकलाई पर्न सक्ने असुविधाप्रति बैंकले क्षमायाचना समेत गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*