घोराही सिमेन्टको आईपीओ १० लाख कित्ताका दरले यी १२ आवेदकले खाता खाली हुँदा भरे आइपीओ

६ असार २०८०, बुधबार ०९:३१

काठमाडौंं । घोराही सिमेन्टको आईपीओमा १० लाख कित्ताका दरले १२ जनाले आवेदन दिएको पाइएको छ ।कम्पनीको आईपीओ भर्दा ४३ करोड ३५ लाख रुपैयाँबराबरको १० लाख कित्ताका दरले आवेदन दिने १२ जनाको आवेदनको खाता खाली नै भएको कारण रद्य भएको छ ।

खातामा पैसा नभई आवेदन दिनेमा भक्तपुरको अनन्तलिंगेश्वर(१ का प्रेमप्रसाद आचार्य, सोही वडाका उज्जवल आचार्य र भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका(३ की श्रीजा पोखरेल छन् ।

त्यस्तै, गोरखाको सिरानचोक(३ की सावित्रा पराजुली, रुपन्देहीको तिलोत्तमाकी लक्ष्मी घिमिरे, मोरङ कानेपोखरी(१ की मुना खत्री र चितवनको भण्डारा(१ का मनोज पाठक छन् ।
सुनसरीको देवानगन्ज(१ का मिथिलेशकुमार मेहता, दोलखाको नाम्दु(३ का नवीन खत्री, ललितपुरको टिकाथली(५ का अनिल राना, पर्वतको कार्कीनेटा(३ की रञ्जना ढकाल पौडेल र काठमाडौंको मध्य बानेश्वरका सुमित्रा बम छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*