आज एकैदिन १२ हजार दुई सयले घट्यो सुनको भाउ

४ मंसिर २०८३, शुक्रबार १०:४२

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउमा उच्च गिरावट आएको छ। यसदिन सुन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको भाउ पनि तोलामा २२५ रुपैयाँले घटेर ३ हजार ११० रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*