आज मन्त्रिपरिषद बैठक बस्दै, बालेनको भारत भ्रमणबारे छलफल हुने

४ मंसिर २०८३, शुक्रबार ०९:२४

काठमाडौं । आज मंसिर ४ गते शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने गरी बोलाइएको हो ।

आजको बैठकमा विशेष गरी बालेन्द्र शाह (बालेन) को भारत भ्रमणबारे छलफल हुनेछ । बालेन यही मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्ने तयारीमा रहेका छन् भने उनको भ्रमण सफल बनाउन अन्तिम गृहकार्य भइरहेको छ ।

बालेनको भारत भ्रमणमा दुई देशको सम्बन्धमा बहुआयामिक बेकथ्रु ल्याउने गरी तयारी सरकारले गरिरहेको छ । प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हुने एकल तथा प्रतिनिधिमण्डल सहितको छलफलमा प्रस्तुत हुने प्रस्तावका विषयमा परराष्ट्र मन्त्रालयमा गहन छलफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*