सोल्टि होटलमा झुम्मिए लगानीकर्ता, अन्य कुन कम्पनीको भयो सर्वाधिक कारोबार
७ असार २०८०, बिहीबार १५:०४
काठमाडौं। नेप्से ४।७५ बढ्दा २०५५।५३ को विन्दुमा कायम भएको छ । शेयर बजार झिनो अंकले सुधार हुँदा आज सोल्टि होटलमा लगानीकर्तहरुको आकर्षण बढी देखिएको छ। शेयर बजार बन्द हुने समयअघि मात्रै घटेको शेयर बजार करेक्सन हुँदै बढेको छ। कम्पनीको आज २९ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, हिमालयन डिष्टलरी, शिवम् सिमेन्टस्, आइएमयृ प्रुडेन्सियल, नागरिक लगानी कोष, तारागाँउ रिजेनसी, सूर्या ज्योति लाइफ, नेपाल लाइफ, ओरियन्टल होटल र एशियन लाइफको शेयर सर्वाधिक कारोबारको लिस्र्टमा पर्न सफल भएको छ।













