७ अर्ब ४५ करोडको हकप्रद शेयर ल्याउँदै एनआईसी एशिया बैंक, बुक क्लोज मिति तय

३ मंसिर २०८३, बिहीबार ०८:५३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पुँजीको २ः१ अनुपातमा ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो।

बैंकले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि आगामी मंसिर ११ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने जनाएको छ।

यसअनुसार मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र बैंकको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्। त्यसैले हकप्रद शेयर लिन इच्छुक लगानीकर्ताले मंसिर १० गतेसम्म बैंकको शेयर खरिद गरी आफ्नो नाममा कायम गरिसक्नुपर्नेछ।

बैंकको हालको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ। प्रस्तावित हकप्रद शेयर निष्कासनपछि बैंकको पुँजी वृद्धि हुनेछ। बैंकले विद्यमान प्रत्येक दुई कित्ता शेयर बराबर एक कित्ता नयाँ शेयर उपलब्ध गराउनेछ। अर्थात् हाल १०० कित्ता शेयर भएका शेयरधनीले थप ५० कित्ता हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। बैंकले हकप्रद निष्कासनको मिति भने तय गरिसकेको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*