रिडी पावर कम्पनीको विशेष साधारण सभा आज, हकप्रद प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । रिडी पावर कम्पनी विशेष साधारण सभा आज बस्दैछ । बिशेष साधारणसभा इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा विहान ११ बजे सुरु हुने भएको छ
कम्पनीले १० मेगावाट क्षमताको तल्लो बलेफि जलविद्युत आयोजनाका लागि आवश्यक स्वपूँजी लगानीका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
आजको सभाले ५० प्रतिशत हकप्रद शेयर प्रस्ताव गर्नेछ ।कम्पनीले १ कित्ता बराबर शून्य दशमलव ५० कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशनको लागि सभामार्फत स्वीकृति प्रदान गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी ५८ करोड ५५ लाख ५८ हजार रहेको छ ।
हकप्रद शेयर निष्काशनपछि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी, र चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
कम्पनीलाई हकप्रद शेयर निष्काशनका लागि विद्युत नियमन आयोगले बैशाख ३ गते अनुमति प्रदान गरिसकेको छ । कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि भोलि जेठ ३२ गते बुक क्लोज गरेको थियो ।












