नेप्सेमा यो साता ६ कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौंं । यो साता नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा यस साता असार ३ गतेदेखि ८ गतेसम्म ६ कम्पनीको ९५ लाख ४६ हजार ९३२।२६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा उपकार लघुवित्तको ६१।७५ प्रतिशत बोनस बापतको ४ लाख ५ हजार २३५ कित्ता, साना किसान विकास लघुवित्तको २६ प्रतिशत बोनस बापतको ४० लाख ६७ हजार ४७५।६९ कित्ता, नयाँ सारथी लघुवित्तको १९ प्रतिशत बोनस बापतको ५ लाख ७६ हजार ४५०।९९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यसैगरी, एशियन लाइफ इन्स्योरेन्सको ८।५० प्रतिशत बोनस बापतको २४ लाख ७१ हजार ८९४।१२ कित्ता, कामना सेवा विकास बैंकको १३ लाख ८५ हजार ८७६।४६ कित्ता र विजय लघुवित्तको २० प्रतिशत बोनस बापतको ६ लाख ४० हजार कित्ता गरी जम्मा ९५ लाख ४६ हजार ९३२।२६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
६ वटै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।












