यो साता शेयर बजार कस्तो रह्यो ?, बजार पुँजिकरण कतिले बढ्यो ?

८ असार २०८०, शुक्रबार १५:१८

काठमाडौं। यो साता सेयर बजार परिसूचक नेप्सेमा १३ अंकको वृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् जेठ ३२ गते (जुन, १५) मा २ हजार ४२ अंकमा रहेको नेप्से सूचक यो साता १३.४६ अंकले बढ्दै २ हजार ५५.५३ अंकको विन्दुमा उक्लिएको छ ।

उसो त यस साताको कारोबार रकममा समेत सुधार हुँदै २० अर्ब १४ करोड ७ लाख ७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । साताको पहिलो कारोबार दिन असार ३ गते एकै दिन ५२.२५ अंकले नेप्से बढेकोमा दोस्रो, तेस्रो र चौथो दिन क्रमशः २.९४ अंक, २६.५६ अंक र १४.०५ अंकले नेप्से घट्यो । तर साताको अन्तिम कारोबार दिन बिहीबार भने ४.७५ अंकले बढेर नेप्सेले बिट मारेको छ ।

यो साता बजार पुँजिकरण बढेको छ । यो सातामा २४ अर्ब २३ करोड १० लाख रुपैयाँले पुँजिकरण बढ्दै ३० खर्ब १० अर्ब ४३ करोड १० लाख रुपैयाँ पुगेको हो । अघिल्लो २९ खर्ब ८६ अर्ब १९ करोड ५० लाख रुपैयाँ बजार पुँजिकरण रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*