बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
१२ असार २०८०, मंगलवार १०:४६

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सूनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलाको १ लाख १० हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन छापावालाको सुनको मूल्य तोलाको १ लाख १० हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।












