गृहमन्त्रीसँग ‘कनेक्सन’ रहेको भन्दै संवाद गरेको अडियो बाहिरिएपछि एक व्यक्ति पक्राउ

१२ आश्विन २०८३, सोमबार १८:२८

काठमाडौं । गृहमन्त्रीको सचिवालयसम्म आफ्नो पहुँच रहेको दाबी गर्दै अडियो संवाद गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ बस्दै आएका ३७ वर्षीय आशिष मल्ल भनिने धर्मराज मल्ललाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

सामाजिक सञ्जालमा गृहमन्त्रीसम्म आफ्नो पहुँच रहेको दाबी गरिएको अडियो सार्वजनिक भएपछि प्रहरीले मल्लसँग सोधपुछ गर्न खोजेको थियो। सो क्रममा उनले प्रहरी टोलीलाई गालीगलौज गर्दै सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरी अभद्र व्यवहार गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार मल्लको आपराधिक अभिलेख (सीआरएस) जाँच गर्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा उनीविरुद्ध ६ वटा मुद्दा दर्ता रहेको खुलेको छ। तीमध्ये ठगीसम्बन्धी एक, अभद्र व्यवहारका तीन, बैंकिङ कसुरसम्बन्धी एक र दूरसञ्चार ऐनअन्तर्गत एक मुद्दा रहेको प्रहरीले जनाएको छ।

मल्ललाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंँबाट दुई दिनको म्याद थप अनुमति लिएर उनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*