तीन कम्पनीको शेयरमूल्य समायोजन

१२ आश्विन २०८३, सोमबार १८:०५

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, अरुण भ्याली हाइड्रोपावर र सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले बोनस वितरणका लागि बुकक्लोज गरेसँगै तीनवटै कम्पनीको मूल्य समायोजन भएको हो ।

रेसुङ्गाको ६ प्रतिशत बोनस वितरणका लागि ४२८.९० रुपैयाँबाट ४०४.६२ रुपैयाँ कायम गरिएको छ ।

यता, अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत बोनस वितरणका लागि २६९ रुपैयाँको आधारमा २५६.१९ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, सर्वोत्तम पेन्ट्सको १० प्रतिशत बोनस वितरणका लागि १३३५ रुपैयाँको आधारमा १२१३.६४ रुपैयाँ कायम गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*