ग्लोबल आइएमई लघुवित्तमा तोडफोड गर्ने दुई जना पक्राउ

१३ असार २०८०, बुधबार १४:१७

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थामा तोडफोड गर्ने रुकुमका दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन् । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लि। को रुकुम शाखाको कार्यकक्षमा पुगेर कार्यालय तोडफोड गर्ने तथा कार्यालयमा ताला लगाउने काम गरेको आरोपमा रुकुमका महेश बस्नेत र कुवेर ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले ऋण असुलीका नाममा लघुवित्तले मनपरी गरेको तथा बचतकर्ताहरुको पैसा समयमा फिर्ता नदिएको भन्दै कार्यालयमा तोडफोड गरेका थिए ।पछिल्लो समय लघुवित्त संस्थाहरुमा तोडफोड गर्ने तथा लघुवित्त वित्तीय संस्थाहरु विरुद्ध अराजक किसिमको गतिविधीहरु बढ्दो छ । देशभर बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि बढ्न थालेपछि असार ११ गतेको दिन नेपाल लघवित्त बैंकर्स संघले ७७ जिल्लाको जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*