सुनचाँदीको मुल्य घट्यो, कतिमा हुदैछ आजको कारोबार ?
१४ असार २०८०, बिहीबार ११:०३

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलाको १ लाख ९ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन छापावालाको सुनको मूल्य तोलाको १ लाख १० हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।












