प्रोग्रेशिभ फाइनान्सको सिईओमा अनिल श्रेष्ठ नियुक्त
१७ असार २०८०, आईतवार १०:५८

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा अनिल श्रेष्ठ नियुक्त भएका छन् । नवनियुक्त सिइओ श्रेष्ठलाई कम्पनीले असार १५ गतेवदेखि लागु हुने गरी आगामि ४ वर्षको लागि करार सेवामा नियुक्त गरेको हो ।
कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सिइओमा नियुक्त गरेको हो ।












