सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ आजको कारोबार ?

१७ असार २०८०, आईतवार ११:१८

काठमाण्डौ । साताको पहिलो कारोबार दिन अर्थात आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन अर्थात गत शुक्रबार छापावाला सुनको मूल्य १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुनको १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ लाख ३७० रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*