द कोका–कोला फाउन्डेसन र माइती नेपालको महिला सशक्तिकरण र दिगो कृषि प्रवर्धनका लागि सहकार्य

काठमाडौं । एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटन मार्फत दिगो विकास, सामुदायिक समृद्धि तथा महिला सशक्तिकरणतर्फको यात्राको नेतृत्व गर्दै द कोका–कोला फाउन्डेसनले माइती नेपालसँग सहकार्य थालनी गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री माननीय शालिकराम जमकट्टेलले मकवानपुर गढीमा उक्त कार्यक्रमको शिलान्यास समारोहको नेतृत्व गरे । सामूहिक प्रयासबाट सशक्तिकरण, करुणा र दिगो प्रगतिको प्रतीक रहेको असाधारण मानिएको यस परियोजनाको शुभारम्भ मुख्यमन्त्रीको हातबाट भएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले यस सुरुवातले ग्रामीण विकासलाई प्रवद्र्धन गर्न, दिगो कृषि विधिलाई बढावा दिन र समुदायलाई आर्थिक स्थायित्वमा योगदान पु¥याउने कुरामा जोड दिए ।
यस परियोजना अन्तर्गत बाँचेका, ग्रामीण महिला र बेचबिखनको जोखिममा परेका बालिकाहरूलाई तालिम दिने गरी तालिम केन्द्र स्थापना गरिनेछ । परियोजनाको लक्ष्य, ३० जना व्यक्तिहरुका लागि दिगो आर्थिक स्रोत सुनिश्चित गर्ने र उनीहरूलाई कृषि क्षेत्रमा सफलताको लागि आवश्यक सीपहरू प्रदान गर्ने रहेको छ । तालिम पश्चात् यस संस्थाले सहभागीहरुलाई स्टार्ट–अप गर्न आवश्यक कोषका लागि स्थानीय सरकार र बैंकिङ संस्थाहरूसँग लिङ्क गर्नेछ ।
दोस्रो वर्षमा भने फाउन्डेसनले रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै सहभागीहरूलाई उनीहरुले नयाँ सिकेको ज्ञान कार्यान्वयन गर्न कृषि–पर्यटनका नमूना इकाईहरू स्थापना गर्ने योजना पनि बनाएको छ । साथै आफ्नो गाउँमै करियर बनाउन चाहनेलाई संस्थाले स्थानीय निकायसँग समन्वय गरी बैंकबाट कृषि ऋण लगायत आर्थिक सहयोग पनि उपलब्ध गराउनेछ ।












