एनआईसी एशिया बैंकको वित्तीय अवस्था कमजोर, रेटिङ घट्यो

काठमाडौँ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल) ले एनआईसी एशिया बैंक लिमिटेडको रेटिङ पुनः घटाएको छ। बैंकको रेटिङ आईआरएन ट्रिपल बी प्लस (इश्युअर) बाट घटाएर आईआरएन ट्रिपल बी (इश्युअर) मा झारिएको हो। यो रेटिङ निर्णयले बैंकको समग्र...


हिमालयन बैंकको शेयर बेचेर बाहिरिंदै ९ जना शेयरधनी

काठमाडौं । हिमालयन बैंक लिमिटेडका ९ जना संस्थापक शेयरधनी आफ्नो स्वामित्वमा रहेको २ लाख ५ हजार २४५ कित्ता संस्थापक शेयर बेचेर बाहिरिने भएका छन्। संस्थापक शेयरधनी ज्योति कुमार बेगानीले ७४ हजार ७५ कित्ता, प्रेम काजी खाइजू र गोपाल श्रेष्ठले...


कामना सेवा विकास बैंकको नाफासँगै बढ्यो ईपीएस, वितरणयोग्य नाफा ६० करोडमाथि

काठमाडौं । चालू आर्थिक वर्ष सकिएको दुई दिनमै कामना सेवा विकास बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। यससँगै बैंक चालू आवको चौथो वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो संस्था बनेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ९.१९...


प्रतिकित्ता १०० रुपैयाँमै कामना सेवा विकास बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै दिने गरी बिक्रीमा राखेको हो। यसमा बोलपत्र पेश गर्दा सम्पूर्ण कित्ताका लागि पेश गर्नुपर्ने भएकाले कम्तीमा...


कालिका लघुवित्तको ३९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी निलकण्ठ उप्रेतीको नाममा रहेको ३९ हजार ४२० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी उक्त शेयर...


हिमालयन बैंकको एफपीओमा हालसम्म कति पर्‍यो आवेदन ?

काठमाडौं । हिमालयन बैंकको एफपीओ मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार दोस्रो दिनसम्म बैंकको एफपीओमा २ गुणा बढी आवेदन परेको छ । सिडिएससीका अनुसार आज ५ बजेसम्ममा बैंकको एफपीओमा ८ लाख ७० हजार ६७०...


एनएमबि लघुवित्तको १२औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बुधबार पोखराको होटल सिटी स्क्वायरमा सम्पन्न भएको हो । उक्त साधारणसभाले कम्पनीको संस्थापकतर्फको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव...


तीन करोडको व्यक्तिगत आवासीय कर्जा ‘रियल इस्टेट’ कर्जाभित्र समावेश गर्नु नपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवासीय कर्जा ‘रियल इस्टेट’ कर्जाभित्र समावेश गर्नु नपर्ने भएको छ ।नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै रियल इस्टेट कर्जा गणना गर्दा व्यक्तिगत घर कर्जालाई समावेश गर्नु नपर्ने व्यवस्था गरेको हो ।हाल आवासीय...


नेपालको डिजिटल भुक्तानी एकदमै सुरक्षित छः डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल रास्ट्र बैकका डेपुटी गभर्नर बम बहादुर मिश्रले नेपालको डिजिटल भुक्तानी सेवा एकदमै सहज र सुरक्षित रहेको बताएका छन् । बिहिवार काठमाडौंको याक एन्ड एती होटलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले डिजिटल भुक्तानी राजधानी काठमाडौंमा मात्र सीमित...


आइएमई पे र खल्ती गाभिए: ‘खल्ती बाइ आइएमई’ एपमार्फत १ करोड २७ लाख उपभोक्तालाई सेवा

काठमाडौं । नेपालको डिजिटल भुक्तानी सेवा क्षेत्रमा एक ऐतिहासिक कदम स्वरूप ‘आइएमई पे’ र ‘खल्ती’ वालेट एक आपसमा गाभिएर ‘खल्ती बाइ आइएमई’ नाममा आजदेखि एकीकृत कारोबार सुरु गरेका छन्। बिहीबार काठमाडौंको याक एन्ड यति होटलमा आयोजित एक भव्य समारोहमार्फत...


असारमा आइएमई लाइफद्वारा १०७ बीमितलाई दाबी भुक्तानी, ४ करोड ८५ लाख रकम वितरण

काठमाडौं । जीवन बीमा क्षेत्रको एक अग्रणी कम्पनी आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को असार महिनामा १०७ बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले सो अवधिमा विभिन्न बीमा योजनाअन्तर्गत कुल ४ करोड ८५ लाख ७८...


१५ फाइनान्स कम्पनीको निक्षेप संकलन सीमा हट्यो

काठमाडौं । १५ फाइनान्स कम्पनीको निक्षेप संकलन सीमा हटेको छ ।नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै राष्ट्रिय स्तरका फाइनान्स कम्पनीलाई निक्षेप संकलन सीमा हटाएको हो । राष्ट्र बैंकका अनुसार हाल १७ फाइनान्स कम्पनी सञ्चालनमा छन् । तीमध्ये १५...


सम्पदा लघुवित्तको केन्द्रीय कार्यालय गैंडाकोटमा स्थानान्तरण

काठमाडौँ ।  सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय तनहुँ जिल्लाको बन्दिपुर–१, डुम्रेबाट स्थानान्तरण गरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैंडाकोट नगरपालिका वडा नं. ५ मा सार्ने निर्णय गरेको छ। वैशाख ६ गते शनिबार सम्पन्न आठौं वार्षिक साधारण...


वित्तीय विवरण प्रकाशनको समय बढ्यो, चौथो त्रैमासिक विवरणका लागि अब ३० दिनको अवधि

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय सीमा केही लचक बनाएको छ। केन्द्रीय बैंकले बुधबार एक निर्देशन जारी गर्दै चौथो त्रैमासको विवरण सार्वजनिक गर्नका लागि अब एक महिनासम्मको समय दिएको छ।...


२५ करोडसम्मको शेयर धितो कर्जा भोलिदेखि कार्यान्वयनमा

काठमाडौं । अबदेखि शेयर धितोमा राखेर अधिकतम २५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने भएको छ। नेपाल राष्ट्र बैंकले साउन १ गतेदेखि लागु हुने गरी यस्तो व्यवस्था गरेको हो। राष्ट्र बैंकले बुधबार एक परिपत्र जारी गर्दै इजाजतप्राप्त बैंक तथा वित्तीय...


राधी विद्युत कम्पनीले ६९.८९ प्रतिशत हकप्रद ल्याउने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले आफ्नो चुक्तापूँजीको ६९.८९ प्रतिशत बराबरको हकप्रद शेयर ल्याउने भएको छ। कम्पनीको पुष २८ गते सम्पन्न वार्षिक साधारण सभाले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो। सभाबाट पारित निर्णयअनुसार कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको...


बदलिँदै हजारको नोट: सरकारबाट नयाँ डिजाइन अनुमोदित, पौडेलकै हस्ताक्षरमा छपाइ थालिने

काठमाडौं । सरकारले हजार रुपैयाँको नयाँ नोटका लागि प्रस्तावित चित्र र साइजलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकले पेश गरेको नमूना अनुमोदन गर्दै नयाँ नोट छपाइ प्रक्रिया अगाडि बढाउने बाटो खुला गरिदिएको हो ।...


सिटिजन्स बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक बर्ष २०८१–८२ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । बैंकको कोशी प्रदेशका १९,...


शेयर स्वामित्व फेर्न उन्नति सहकार्य लघुवित्तले बोलायो विशेष साधारणसभा

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर स्वामित्व फेर्ने प्रस्ताव सहित विशेष साधारणसभा बोलाएको छ। कम्पनीको असार ३१ गतेको सञ्चालक समितिको बैठकले साउन १७ गते शनिबार भैरहवास्थित एशियन बुद्ध होटलमा बिहान १० बजेदेखि विशेष साधारणसभा बस्ने निर्णय...


स्वावलम्बन लघुवित्तका कर्मचारी साढे २ महिनादेखि बेपत्ता

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका एक जना कर्मचारी साढे २ महिनादेखि सम्पर्कबिहीन भएका छन् । कम्पनीको सहायक प्रशिक्षार्थी पदमा कार्यरत राजु राउत बैशाख १२ गतेदेखि बिना कुनै जानकारी सम्पर्कबिहीन बनेका हुन् । वीरगंज महानगरपालिका–१६, पर्सा घर भएका...