आरम्भ चौतारी लघुवित्तको खुद नाफा र ईपीएसमा उछाल, लाभांश क्षमता ५ करोड बढी
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा खुद नाफामा उछाल देखिएको छ। कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म जम्मा ६ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएकोमा गत आवमा ह्वात्तै बढेर ९...
हिमालयन लघुवित्त नाफामा, लाभांश क्षमता ६ करोडमाथि
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो वित्तीय विवरण अनुसार कम्पनी खुद नाफामा गएको छ। अघिल्लो आवको असार मसान्तसम्म कम्पनी २० लाख खुद घाटामा रहेकोमा गत आवको असार मसान्तसम्म कम्पनीले ९ करोड १७ लाख रुपैयाँ...
गभर्नर डा.पौडेल र बैंकका सिईओहरुबीच कुन-कुन बिषयमा भयो छलफल ?
काठमाडौं । मंगलबार राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूलाई बोलाएर समसामयिक र निति तथा कार्यक्रमको बिषयमा छलफल गरेका छन् । आ.व. २०८२/८३ का लागि जारी गरेको मौद्रिक नीति, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति...
प्रधानमन्त्रीद्वारा रानी जमरा कुलरिया आयोजनाको उद्घाटन: ४.७१ मेगावाट विद्युत उत्पादन शुरू
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीमा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको थप सिँचाइ सुविधा, जलविद्युत र प्रसारण लाइनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार तथा ४ दशमलव ७१ मेगावाट...
माथिल्लो सार्दी खोला आयोजनामा एनएमबि बैंकको ४६ करोड ऋण लगानी
काठमाडौँ । एनएमबि बैंक तथा मन्दाकिनी हाइड्रोपावरबीच २.९ मेगावाट क्षमताको कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिकामा अवस्थित माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहेको छ । २.९...
राष्ट्र बैंकले २ अर्ब ९२ करोड मुद्दती निक्षेपमा लगानी गर्न प्रस्ताव खुला
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग मुद्दती निक्षेपका रूपमा २ अर्ब ९२ करोड रुपैयाँ लगानी गर्न प्रस्ताव खुला गरेको छ । राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमार्फत जारी सूचनाअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा...
मेरोमाइक्रोफाइनान्सद्वारा सदस्यलाई बीमा दावी रकम हस्तान्तरण
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा दावी वापतको रकम हस्तान्तरण गरेको छ । संस्थाले आफ्नी सदस्य बिन्ती कुमारी थारुलाई बीमाको ५ लाख रुपैयाँ लघुउद्यम कर्जा लिएकी सदस्य थारुको श्रीमान् धनिराम थारुको निधनपछि बीमा दाबीबापत तीन लाख २७...
एभरेष्ट बैंकको सञ्चालकमा सन्तोष कुमार नियुक्त
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको सञ्चालकमा सन्तोष कुमार नियुक्त भएका छन् । बैंकको सयुक्त साझेदार पंजाब नेशनल बैंकको प्रतिनिधित्व गर्दै कुमारलाई नयाँ सञ्चालकको रुपमा नियुक्त गरीएको हो । उनलाई यस अघिका सञ्चालक राकेश ग्रोवरको स्थानमा नियुक्त गरिएको कम्पनी सचिव...
एनआईसी एशिया बैंकको ८.१७ प्रतिशत ब्याजदरमा शेयर धितो कर्जा
काठमाडौं । एनआईसी एशिया बैंकले शेयर धितोमा राखेर बेसरेटमा १ प्रतिशत थप ब्याजदरमै कर्जा दिने भएको छ । बैंकले प्रतिष्पर्धी ब्याजदर भन्दै औसत आधार दरमा १ प्रतिशत प्रिमियम थपमा शेयर धितो राखेर प्रवाह गरिने कर्जा दिने घोषणा गरेको हो...
यसरी हेर्नुहोस् हिमालयन बैंकको एफपीओको नतिजा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज एफपीओ बाँडफाँड गरेको छ। जसमा भाग्यमानी ९ लाख २५ हजार ४६ जनाले १० कित्ता शेयर हात पारेका छन्। जसमा सोहीमध्ये थप ९ जनाले अतिरिक्त १ कित्ता अर्थात् जम्मा ११ कित्ता शेयर हात पार्न...
हिमालयन बैंकको एफपीओ बाँडफाँड, ९ लाख २५ हजारले हात पारे शेयर
काठमाडौं । हिमालयन बैंक लिमिटेडले एफपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडले आज ९ बजे एफपिओ बाँडफाँट गरेको हो। बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा गत असार ३१ गतेदेखि साउन ४...
एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा छूट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि (केडीसी) मा दाँतको उपचार सेवा लिंदा छूट पाउने भएका छन्। बैंक र केडीसीबीच भएको सम्झौता अनुसार केडीसी लगायत विभिन्न ठाउँमा रहेका यसका शाखाहरूमा दाँत...
हिमालयन बैंकको एफपिओ भोलि बाँडफाँट हुने, कति जनाले पाउँछन् शेयर ?
काठमाडौँ । हिमालयन बैंकले निष्काशन गरेको एफपीओ भोलि अर्थात् साउन १३ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका भोलि बिहान ९ बजे एफपिओ बाँडफाँट हुने भएको हो । बैंकको एफपिओमा ८ लाख ६३ हजार ९१९ जनाको...
आरम्भ चौतारी लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता?
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले नायब प्रबन्धक (विभागीय प्रमुख)/सहायक प्रबन्धक पदमा २ जना, सहायक/वरिष्ठ सहायक पद र प्रशिक्षार्थी सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो। नायब प्रबन्धकका...
कर्णाली विकास बैंक घोटाला प्रकरणमा १११ जनालाई मुद्दा चलाउनुपर्ने
काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा १११ जनालाई मुद्दा चलाउनुपर्ने निष्कर्ष प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निकालेको छ ।यो निष्कर्ष निकाल्दै सीआईबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो। सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उच्च...
स्थानीय तहका निकायलाई बैंक खाता खोल्न राष्ट्र बैंकबाट थप अनुमति लिनु नपर्ने
काठमाडौँ । अबदेखि स्थानीय तहका समिति, बोर्ड र कोषहरूले वाणिज्य बैंकमा खाता खोल्न नेपाल राष्ट्र बैंकको अतिरिक्त स्वीकृति लिनु नपर्ने भएको छ । राष्ट्र बैंकले सरकारी कारोबार गर्न अनुमति प्राप्त वाणिज्य बैंकहरूलाई नयाँ निर्देशन जारी गर्दै यस्तो खाता सञ्चालन...
बैंकिङ अपराधको चाप काठमाडौंमै केन्द्रित, देशभर १३ हजारभन्दा बढी मुद्दा
काठमाडौँ । नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकिङ कसुरसम्बन्धी मुद्दामा चार प्रतिशतभन्दा बढी वृद्धि भएको देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा देशभरबाट बैंकिङ कसुरका १३ हजार ८३७ वटा मुद्दा दर्ता भएका छन्। देशका विभिन्न प्रदेशमध्ये काठमाडौं...
उपदान तथा पेन्सन कोषको १ अर्ब मुद्दती निक्षेपमा राख्ने राष्ट्र बैंकको तयारी, बैंकहरूलाई खुला आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब रुपैयाँ रकम बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा राख्ने प्रक्रिया सुरु गरेको छ। आइतबार केन्द्रीय बैंकले सूचना जारी गर्दै सो रकम एक वर्ष अवधिका लागि निक्षेप...
आरम्भ चौतारी लघुवित्तको स्वतन्त्र संचालकमा सम्झना श्रेष्ठ नियुक्त
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले अनुभव सम्पन्न बैंकर सम्झना श्रेष्ठलाई स्वतन्त्र संचालक पदमा नियुक्त गरेको छ। संस्थाको १६५ औं सञ्चालक समिति बैठकले श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो। श्रेष्ठले ३२ वर्ष लामो बैंकिङ्ग यात्रा...
एनआईसी एशिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा छूट
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा १० प्रतिशत छूट पाउने भएका छन्। बैंक र लिजा श्री इन्टरप्राइजेज प्रा.लि बीच भएको सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका देशका विभिन्न ठाउँमा...

















