दशैं बिदामा पनि सरकारले भुक्तानी गर्ने

काठमाडौं । दशैंको बिदामा समेत सरकारले भुक्तानी नरोक्ने भएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई पत्र लेख्दै सो व्यवस्था गर्न भनेको हो । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट दशैं बिदामा समेत राहत, उद्धार, क्षतिपूर्ति...


सिन्धुलीमा भ्यान दुर्घटना हुदाँ १३ जना घाइते

काठमाडौं । काठमाडौंबाट सिन्धुलीको गोलन्जर जाँदै गरेको बलेरो पिकअप दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सेवेदीका अनुसार सुनकोशी गाउँपालिका ६ मरिण डाईभर्सन नजिकै बा २० च ९३१ नम्बरको बलेरो...


सावधिक जीवन बीमा पोलिसीबाट दुई महिनामै करिव १६ अर्बको व्यवसाय, कुन पोलिसीबाट कति बीमा शुल्क आर्जन ? (तथ्यांकसहित)

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा र लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको भदौ महिनासम्ममा ३५ अर्ब ९९ दुई करोड रुपैयाँका विभिन्न बीमा पोलिसीहरु बिक्री गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार साउन महिनामा...


दशैं–तिहारमा दैनिक ४० पटकसम्म वालेट कारोबार गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल वालेटमा रकम जम्मा गर्न सकिने कारोबार संख्याको सीमामा चार गुणाले वृद्धि गरेको छ । हाल प्राकृतिक व्यक्तिको वालेटमा दैनिक १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा केन्द्रीय बैंकले बढाएर दशैं, तिहार...


बाणिज्य विभागद्वारा डेढसय व्यापारिक प्रतिष्ठानबाट ९३ लाख जरिवाना

काठमाडौं । बाणिज्य विभागले चालु आर्थिक वर्षको दुई महिनाको अवधीमा १ सय ५४ व्यापारिक प्रतिष्ठानबाट ९२ हजार ८० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागका अनुगमन निर्देशक अमित झाका अनुसार गत् साउन १ गतेदेखि असोज ११ गतेसम्ममा ८ सय...


सिजि मोटर्सले भित्र्याएको ‘सिजी केवाईसी’ ईभी माइक्रोबस फेरि दुर्घटना, बैतडीमा भयो यस्तो घटना

धनगढी । चौधरी ग्रुप अन्तगर्तको सिजि मोटर्सले नेपाल भित्र्याएका विद्युतीय (ईभी) माइक्रो बस कति कमजोर गुणस्तरका छन् भन्ने पुनः फेरी पृष्टि भएको छ । सीजि मोटर्सले नेपालमा ल्याएका ‘सिजी केवाईसी ईभी माइक्रो’ बैतडीमा फेरी भयानक दुर्घटनामा परेको हो ।...


सोमबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको...


सोमबार बिहानै अर्घाखाँचीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको थियो...


आज फूलपाती, घरघरमा भित्र्याइदै

काठमाडौं । आज बडा दसैँको सातौं दिन अर्थात् फूलपाती। आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै छ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको...


जेनजी आन्दोलन क्षतिबारे जाँचबुझ समितिले ओली र लेखकसँग दशैंपछि बयान लिने

काठमाडौं । भदौ २३ र २४ भएको जेनजी आन्दोलनका क्रममा भएको जनधन क्षतिबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितका उच्च अधिकारीलाई अनुसन्धानको दायरामा राख्दै बयान लिने तयारी गरेको छ...


काष्ठमण्डपमा साढे ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएन

काठमाडौंको काष्ठमण्डप नजिकै बिहान करिब साढे ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । जिल्ला प्रहरी परिसर, काठमाडौंकी डीएसपी पूर्णिमा चन्दका अनुसार काठमाडौं महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको २ तले घरको कपडाको गोदामबाट आगलागी सुरु भएको हो । आगलागी...


महालक्ष्मी विकास बैंकका पूर्व सिईओ भूषण राणाको घरमा प्रहरीको छापा, कालोधन लुकाएको आशंका

काठमाडौं । महालक्ष्मी विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत(सिईओ) भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका र पूर्व परराष्ट्रमन्त्रीआरजु राणा देउवाको भाई भूषण राणाको घरमा प्रहरीले आज छापा मारेको छ । सीआईबीबाट...


जेनजीको नाममा भोटेकोशीको १० प्रतिशत निःशुल्क सेयर मागेपछि निजी क्षेत्रले गुहार्‍यो सरकार

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पछिल्लो समयमा जलविद्युत् आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै गृह र ऊर्जा तथा जलस्रोत मन्त्री गुहारेको छ । आज दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन...


दशैको बिदा अघि लाभांश घोषण गरेका १६ कम्पनीमध्ये कतिले सम्पन्न गरे एजीएम?

काठमाडौं । नेप्सेमा सूचीकृत १६ कम्पनीले लाभांश घोषणा गरेका छन् । दसैँ बिदा सुरु हुनुअघि आइतबारसम्म यी कम्पनीले आर्थिक वर्ष २०८१र८२ को नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेका हुन् । यसरी लाभांश घोषणा गर्ने कम्पनीहरूमा चारवटा वाणिज्य बैंक छन्...


क्षतिग्रस्त संरचना पुनर्निमाणमा बीमा क्षेत्रको सामाजिक उत्तरदायित्वको रकम खर्च गर्ने प्राधिकरणको निर्णय

काठमाडौं । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० दोस्रो संसोधन गरेको छ । नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५ को खण्ड (घ) तथा दफा १६६ ले दिएको अधिकार प्रयोग गरी सञ्चालक समितिले देहायका निर्देशनहरु जारी गरेको...


विद्युत प्राधिकरणसमक्ष पेश गरेका इप्पानका यी हुन् १३ मागहरु

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पानं) ले अहिलेसम्म कनेक्सन एग्रिमेण्ट र पीपीएका लागि आवेदन दिएका १३ हजार मेगावाटका आयोजनाहरुको तुरुन्तै पीपीए खुलाउने लगायतका १३ माग नेपाल विद्युत प्राधिकरण समक्ष पेश गरेको छ । आइतबार नव नियुक्त विद्युत...


दशैं बिदामा पनि नेपाल टेलिकमका काउन्टर खुल्ने

काठमाडौं । दशैं बिदामा नेपाल टेलिकमका काउन्टर खुलै रहने भएका छन् । नेपाल टेलिकमका अनुसार सुन्धारास्थित काउन्टर १३, १४, १५, १७ र १८ असोजमा खुला रहने छ । गोंगबु, पाटन, थिमि, बनेपा, धादिङ, हेटौंडा, भरतपुर, टाँडी, सिन्धुली, त्रिशूली र...


जीवन बीमा कम्पनीद्वारा भदौमा साढे तीन अर्बको प्रथम बीमा शुल्क आर्जन, आइएमई लाइफ र एलआइसीको उत्कृष्ट सुरुवात

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको भदौ महिनामा तीन अर्ब २६ करोड ८६ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुुसार साउन महिनामा १४ जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमासहित उक्त...


राष्ट्रिय प्राथमिकता प्राप्त २० आयोजनाको सूची सार्वजनिक, कुन क्षेत्रका कति ?

काठमाडौं । सरकारले औद्योगिक विकास, यातायात पूर्वाधार र केबलकार परियोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै यी आयोजनाको सूची सार्वजनिक गरेको हो । यस सूचीमा औद्योगिक ग्राम,...


बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माद्वारा पदभार ग्रहण (तस्विरहरु)

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्ष जनकराज शर्माले पदभार ग्रहण गरेका छन् । शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै अध्यक्ष शर्माले प्राधिकरण पुगि पदभार ग्रहण गरेका हुन् । असोज ९ गतेको मन्त्रिपरिषद् बैठकले शर्मालाई...