ठमेलमा १५ अर्बको अल्ट्रा लक्जरी होटल ‘द रिट्ज–कार्लटन’ ल्याउँदै चौधरी ग्रुप

काठमाडौं । व्यावसायिक घराना चौधरी ग्रुपले अन्तर्राष्ट्रिय होटल समूह मेरिअट इन्टरनेसनलसँगको साझेदारीमा नेपालको लक्जरी आतिथ्य क्षेत्रमा ऐतिहासिक लगानी गर्दै ‘द रिट्ज-कार्लटन’ होटल ल्याउने घोषणा गरेको छ। यो लगानी नेपालको आतिथ्य क्षेत्रमा गरिएको सबैभन्दा ठूलो परियोजनामध्ये एक हुनेछ। सन् १९८३...


मुस्ताङ एयरको हेलिकप्टर दोलखामा सुरक्षित फेला

काठमाडौँ । आज दिउँसोदेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर दोलखाको लाप्चा क्षेत्रमा सुरक्षित फेला परेको छ। उक्त हेलिकप्टर लाङटाङको दक्षिण-पूर्वमा पर्ने लाप्चा क्षेत्रमा पुगेपछि सम्पर्कविहीन भएको थियो। हेलिकप्टर क्याप्टेन सुरज थापाले उडाएका थिए। हाल कम्पनीले विस्तृत जानकारी संकलन गरिदैछ...


मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले चार वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई सरकारका प्रवक्ता मनोनीत गरेको छ । बैठकले भदौ...


जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरु कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको हो।  


शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारको प्रवक्ता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्तामा चयन भएका छन् । नवनिर्मित मन्त्रिपरिषद्को पहिलो बैठकले पोखरेललाई सरकारको आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारी प्रदान गरेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको सञ्चार र सूचना प्रवाहलाई...


महान्यायाधिवक्ता सविता भण्डारीले दिइन् राजीनामा

काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिएकी छन् । प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी उनले औपचारिक रूपमा जिम्मेवारीबाट अलग हुने निर्णय गरेसँगै अब नयाँ महान्यायाधिवक्ता नियुक्तिको प्रक्रिया अघि बढ्ने भएको छ । राजीनामाको कारण भने सार्वजनिक गरिएको छैन। पछिल्लो समय...


नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई नियुक्त गरेका थिए । साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ...


बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक केहीबेरमै बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बैठक बस्ने तयारी गरिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएसँगै पहिलो मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। पदभार ग्रहणको प्रक्रिया पूरा गरेपछि...


दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौँ । दोलखाको लाप्चा क्षेत्रमा शुक्रबार मध्याह्नदेखि मुस्ताङ एयरको एक हेलिकप्टर सम्पर्कविहीन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार क्याप्टेन सुरज थापाको कमान्डमा रहेको उक्त हेलिकप्टर लाप्चा क्षेत्र पुगेसँगै सम्पर्कबाट बाहिरिएको हो। लाप्चा क्षेत्र लाङटाङको दक्षिण–पूर्वतर्फ पर्ने दुर्गम भूभाग...


राजस्व छलि र कालोबजारी युगको सुरुवात गर्ने नवनियुक्त अर्थमन्त्री वाग्लेको निर्णय!

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेलगत्तै लिएको पहिलो निर्णयले देशको आर्थिक क्षेत्रमा गम्भीर बहस सुरु गराएको छ । अर्थतन्त्रको सूक्ष्म अध्ययन र विश्लेषणमा दख्खल राख्ने अर्थ विज्ञका रूपमा परिचित वाग्लेले विभिन्न महत्वपूर्ण ऐनहरू एकैपटक खारेज गर्ने...


शपथ लगत्तै नवनिर्वाचित प्रधानमन्त्री बालेनलाई ओली र देउवाले दिए सामाजिक सञ्जालबाट बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नवनिर्वाचित प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्। प्रधानमन्त्रीको शपथ लगत्तै ओली र देउवाले सामाजिक सञ्जालबाट बधाई दिएका हुन्। ओलीले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता...


उर्जा मन्त्रालयको जिम्मेवारीमा गएका विराजभक्त श्रेष्ठ को हुन् ?

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित विराजभक्त श्रेष्ठ यसपटक नेपालको ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्। २०७४ सालमा विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभा सदस्य भएका श्रेष्ठ २०७९ सालमा प्रतिनिधिसभामा चुनिएका थिए। उनले विगतमा युवा तथा खेलकुद...


पदभार ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरे तीन निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहण गर्दै मुख्य तीन निर्णय गरेका हुन् । उनले शिक्षा, स्वास्थ्य जस्ता कुरा मध्यम वर्गमा लैजाने आफ्नो प्रमुख दायित्व रहेको समेत बताए ।...


को हुन् गृहमन्त्री बनेका सुधन गुरुङ?

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिमण्डमा सुधन गुरुङ गृहमन्त्रीमा नियुक्त भएका छन्। उनी गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार बनी निर्वाचित भएका...


सिंहदरबारमा कार्यभार सम्हाल्न लाग्दा बालेनलाई मोदीको पहिलो बधाई

काठमाडौँ ।  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। प्रधानमन्त्री बालेनले पद तथा गोपनीयताको शपथ लिएलगत्तै मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बधाई सन्देश पठाएका हुन्। मोदीले आफ्नो सन्देशमा बालेनसँग नजिकबाट काम गर्न तत्पर रहेको...


यस्तो बन्यो बालेन शाह नेतृत्वको १५ सदस्यीय मन्त्रीमण्डल

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा १५ सदस्यीय नयाँ मन्त्रिमण्डल गठन भएको छ। शुक्रबार आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री बालेन शाहले रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफूसँगै राखेका...


को हुन् अर्थमन्त्रालयको बागडोर सम्हाल्न आएका स्वर्णिम वाग्ले ?

काठमाडौँ । स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । आज उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । रास्वपाका उपसभापति समेत रहेका वाग्ले पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्दा उनको वरीयता दोस्रो कायम...


बालेनको शपथ समारोहमा ६ जना पूर्वप्रधानमन्त्री उपस्थित

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा आज चैत १३ गते सम्पन्न नव नियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ समारोहमा ६ जना पूर्व प्रधानमन्त्री उपस्थित भएका छन्। समारोहमा पूर्व प्रधानमन्त्रीहरू सुशीला कार्की, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल,...


नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ ।  नवनियुक्त मन्त्रीहरूले आज शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि आजै शपथ लिएका थिए। शपथ ग्रहण कार्यक्रमका लागि बटुकले...


नवनियुक्त प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन शाह (बालेन्द्र) ले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ ग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीशलगायतका विशिष्टि व्यक्तित्वहरुको उपस्थिति रहेको छ । यसअघि राष्ट्रपति पौडेलले संविधानको...