माछापोखरीमा बस दुर्घटना, २० जना घाइते
काठमाडौं। काठमाडौंको माछापोखरीमा बस दुर्घटना हुदाँ १० जना यात्रु घाइते भएका छन् । तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना परेको हो। दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् । माछापोखरी बाइपासको...
सुनको मूल्य हालसम्मकै उच्च, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो । आज सुन तोलामा दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि भदौ...
नेपाल पुनर्बीमा कम्पनीले जेन जी आगजनीमा अर्बौ क्षतिको दावी हनोभर रिमा पेश, अग्रिम भुक्तानी दिने तयारीमा कम्पनी
काठमाडौं । नेपाल सरकारको लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीले गत भदौं २३ र २४ गते भएको आगजनी तथा तोडफोडको अर्बौ रुपैयाँ दावी परेपछि जर्मनीस्थित हनोभर रिसँग पुनर्बीमाको भुक्तानी प्रक्रिया सुरु गरेको जनाएको छ । नेपाल रिका अनुसार कम्पनीले हुलदंगा...
आईजिआई प्रुडेन्सियलले पुनर्बीमामा त्रुटी गर्दा डुब्यो ७० करोड, कति वर्ष मुनाफा दिन सक्दैन ?
काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका अध्यक्ष हेमराज ढकाल, सिईओ युगेशभक्त वादे श्रेष्ठ तथा पुनर्बीमा प्रमुख प्रिति बानियाँको कारण सर्वसाधारणको अर्बौ रुपैयाँ लगानी जोखिममा परेको छ । यद्यपि कम्पनीका डेपुटी सिईओ शरण रेग्मीले भने पर्याप्त मात्रामा पुनर्बीमा व्यवस्था गरिएको...
सानिमा बैंकले शेयरधनीलाई नगद लाभांश दिने
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांश दिने निर्णय गरेको छ। बैंकको असोज ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई कर सहित हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय...
बाढी पहिरोका कारण ६ वटा राजमार्ग पूर्णरूपमा बन्द
काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण ६ वटा मुख्य राजमार्गका विभिन्न स्थान पूर्णरूपमा बन्द भएको छ भने ५ वटा राजमार्ग एकतर्फी सुचारु गरिएको छ। नेपाल प्रहरीका अनुसार आज बिहान ९ बजेसम्म कोशी राजमार्ग, नेपाल र चीन नाका...
पानी परेपछि मुग्लिन–नारायणगढ सडकको पहिरो पन्छाउन कठिन
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलामा शुक्रबारदेखि गएको पहिरो हटाउने काम आज बिहानदेखि सुरु भएको छ। तर निरन्तर पानी पानी परिरहेकाले काम गर्न कठिन भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार सडकको दुबै तर्फबाट पहिरो पन्छाउने प्रयास भइरहेको...
आज तीन प्रदेशमा पानी पर्ने सम्भावना
काठमाडौं । नेपालमा मनसुनी वायु केही कमजोर भए पनि स्थानीय वायुसँगै आज देशका केही भागमा पानी पर्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली...
आज फलफूल तथा तरकारीको भाउ कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सानो लोकल गोलभेंडा ३२ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ र स्थानीय काउली ५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ। त्यसैगरी समितिले सार्वजनिक गरेको मूल्य अनुसार लोकल घिउ सिमी...
नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद शेयर किन्ने अवधि थप
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २७ गतेदेखि बिक्री खुला गरेको अवितरित हकप्रद शेयरमा आवेदन दिने म्याद थपेको छ। कम्पनीले यसअघि असोज ५ गतेसम्म आवेदन अवधि तोकेकोमा बीचमा देखिएको परिस्थितका कारण ३ दिन थपेर असोज ८ गतेसम्म कायम...
सागर डिष्टिलरीको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले भदौ ३० गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। यसबीचमा सार्वजनिक बिदा परेपछि आवेदन दिने म्याद थपिएको थियो तर मागभन्दा बढी मात्रामा आवेदन परेकाले आज बैंकिङ समयपछि आवेदन...
खानी खोला हाइड्रोपावरको हकप्रद शेयर भर्ने आज अन्तिम दिन
काठमाडौैं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले गत भदौ ३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले असार २६ गतेसम्म कायम शेयरधनीहरूका लागि १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले ४६...
ईदी हाइड्रोपावरले नाम फेरेर आईपीओ ल्याउने
काठमाडौं । ईदी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ ल्याउने प्रस्ताव पारित गर्न असोज ३० गते पोखरास्थित रजिष्टर्ड कार्यालयमा पहिलो वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले कम्पनीको नाम परिवर्तन गर्ने, आईपीओ जारी गर्ने, अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र...
धितोपत्र बोर्डद्वारा १५ मिनेटको औसत गणना स्थगित गर्ने निर्णय
काठमाडौं । नेपाल धितोपत्र बोर्डले १५ मिनेटको औसत मूल्य गणना गर्ने व्यवस्था हाललाई रोक्ने निर्णय गरेको छ। बोर्डको शनिबार बसेको बैठकले लगानीकर्ताको चर्को विरोधलाई मध्यनजर गर्दै उक्त व्यवस्था तत्काल लागू नगर्ने निष्कर्ष निकालेको हो। बोर्डका अनुसार लगानीकर्ताको मागलाई प्राथमिकता...
प्रतिकित्ता १०० रुपैयाँमै एशियन लाइफको शेयर किन्ने आज अन्तिम दिन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले भदौ २२ गतेदेखि लिलाम बढाबढ मार्फत् बिक्रीमा राखेको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ। एशियन लाइफले गत असार २५ देखि साउन २० गतेसम्म १ बराबर ०.४२ को अनुपातमा...
अमेरिकी डलरको भाउ घट्यो, अरू मुद्राको सटही दर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको भाउ ६ पैसाले घटेर एक डलरको खरीद मूल्य १४०.६५ रुपैयाँ र बिक्री मूल्य १४१.२५ रुपैयाँ कायम भएको छ। त्यस्तै यस दिन एक अष्ट्रेलियन डलरको खरीद दर ९२.८६ रुपैयाँ र बिक्रीदर ९३.२५...
नेपाल पुनर्बीमा कम्पनी कुल बजार पूँजीकरणको सर्वाधिक हिस्साको पहिलो नम्बरमा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी कुल बजार पूँजीकरणको सर्वाधिक हिस्साको पहिलो नम्बरको सूचीमा परेको छ । विशाल बजार कम्पनीलाई पछि पार्दै नेपाल पुनर्बीमा अग्रस्थानमा रहेको छ । पछिल्लो समय कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण उच्च रहेको थियो । जेन–जी आन्दोलनपछिको...
होन्डाको दशैं अफर : साप्ताहिक १ लाख नगद, स्क्र्याच कुपनदेखि कम ब्याजदरमा ईएमआईसम्म
काठमाडौं । नेपालका लागि होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं घर–घरमा समृद्धिको उपहार’ नामक फेस्टिभ अफर ल्याएको छ । यस अफरअन्तर्गत होन्डाको मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकले हरेक हप्ता लक्की ड्र मार्फत १ लाख रुपैयाँसम्म नगद...
सामाजिक सुरक्षा परिचयपत्र अब असोज मसान्तसम्म नवीकरण गर्न सकिने
काठमाडौँ । सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको समयसीमा दुई महिना थप गरेको छ । गृह मन्त्रालयले सामाजिक सुरक्षा नियमावली २०७६ लाई संशोधन गर्दै अब असोज मसान्तसम्म नवीकरण गर्न सकिने व्यवस्था गरेको हो। यसअघि नियमावलीको नियम ९ को उपनियम १...
जेनजी आन्दोलनको क्षतिबाट प्रभावित भाटभटेनीले कर्मचारीलाई ननिकाल्ने, दसैँमा भत्ता दिने
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरस्टोरले आफ्ना कर्मचारीलाई ननिकाल्ने भएको छ। कम्पनीले हाल कार्यरत करिब १० हजार कर्मचारीको रोजगारी सुरक्षित हुने बताएको छ। गत भदौ २४ गतेको तोडफोड र आगजनीका कारण भाटभटेनीका १२ वटा शाखा...




















