ट्यांकरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते
काठमाडौं । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् । लोकन्थली चोकको सडकमा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको ना ७ ख ९२६६ नंको डिजेल बोकेको ट्याङकरले भक्तपुरतर्फ...
एमडिआरटी बन्ने अन्तिम दिन डिसेम्बर ३१, बीमा अभिकर्ताहरु अन्तिम दौडधुपमा व्यस्त
काठमाडौं । हरेक बीमा अभिकर्ताहरुको एउटा सपना हुन्छ कम्तीमा एमडिआरटी बनौं । जीवन बीमा पेशामा आवद्ध बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी व्यक्तित्व विकास, क्षमता विकास हौसलाको खानी हो । त्यसैले पनि धेरै बीमा अभिकर्ताहरुले एमडिआरटी २०२६ बन्नै पर्नै अन्तिम...
वर्षौ काम नभएका ठेक्का तोड्नु सरकारको बाध्यता होः मन्त्री घिसिङ
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले लामो समयसम्म काम अघि नबढेका ठेक्का तोड्नु सरकारको बाध्यता भएको बताएका छन् । सडक बोर्ड नेपालको २३औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले कम बजेटमा ठेक्का लिएर काम नगर्ने प्रवृत्तिका कारण जनताले दुःख...
प्रयोगकर्तासँग गैर कानुनी रुपमा शुल्क असुल्दै इसेवा, ११० प्रतिशत मुनाफामा राष्ट्र बैंक मौन
काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा हाल आफ्नो मुख्य उद्देश्य भन्दा हटेर शेयरधनीको लाभमा केन्द्रित भएको देखिएको छ । आम नागरिकको दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले स्थापना भएको कम्पनीले सर्वसाधारणको विश्वास जित्दै गुणस्तरीय सेवा दिनुपर्ने इसेवा भने...
मंसिर महिनामा जीवन बीमकको व्यवसाय १९% ले बढ्यो, आइएमई र रिलायबलको सर्वाधिक बृद्धि
काठमाडौं । काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनामा १४ अर्ब ६८ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा...
सानिमा रिलायन्स लाइफद्वारा इलाम नगरपालिकाका पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग
काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम नगरपालिकाको पहिरो प्रभावितलाई एक लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। उक्त सहयोग रकम सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका प्रदेश प्रमुख कर्मराज पौडेलको उपस्थितिमा इलाम नगरपालिकाका मेयर केदार थापालाई...
विदेशी लगानी र ऋण व्यवस्थापन सहज बनाउँदै राष्ट्र बैंक, विनियमावलीमा पाँचौ संशोधन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापनसम्बन्धी व्यवस्थालाई थप स्पष्ट र सहज बनाउँदै विनियमावली, २०७८ मा पाँचौ संशोधन गरेको छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८...
सुनचाँदीको मूल्यमा भारी गिरावट, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन आज तोलामा सात हजार ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँ कायम भएको...
प्रभु महालक्ष्मी लाइफद्वारा घातक रोग बापत १० लाखको बीमा दावी भुक्तानी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स अन्तर्गत घातक रोग बीमा वापत १० लाख रुपैयाँको बीमा रकम हस्तान्तरण गरिएको छ। कपिलवस्तुको शिवराज नगरपालिका–९ अञ्चलपुर निवासी भविन्द्रादेवी घर्ती मगरलाई उक्त रकम प्रदान गरिएको हो। कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चिफ एजन्सी...
ग्रामिण विकास लघुवित्तको सञ्चालक समितिमा फेरबदल
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा परिवर्तन भएको छ। नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा उपसचिव सुव प्रसाद रिजालको सट्टा आन्तरिक राजस्व कार्यालय भैरहवा का प्रमुख कर अधिकृत प्रेमराज पोखेल मनोनयन भएका छन्। संस्थाका अनुसार...
ललितपुरका १७ फर्ममा छापा, शक्ति मार्बल्स र आर के ब्रदर्शलाई जरिवाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानी ललितपुरका विभिन्न १७ वटा फर्ममा छापा मार्दै अनुगमन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा कैफियत देखिएका दुई वटा फर्मलाई नगद जरिवाना गरिएको छ । विभागका अनुसार ललितपुरको एकान्तकुनास्थित शक्ति...
नेपाल लाइफको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो । शेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन...
महुली लघुवित्तको शेयर आजदेखि बिक्रीमा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले आजदेखि ६ हजार २८५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन...
आज बिदाका दिन समेत यी बैंकहरुका शाखाहरु खुला रहने
काठमाडौँ । तमु ल्होसारको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केहि शाखा खुला राख्ने निर्णय गरेका हुन्। कुन बैंकका...
आईपीओ निष्काशन तयारीमा रहेको पाल्पा सिमेण्टको साधारण सभा स्थगित
काठमाडौं । पाल्पा सिमेण्ट इण्डष्ट्रिज लिमिटेडको वार्षिक साधारण सभा स्थगित गरिएको छ । कम्पनीले पुस १४ गतेका लागि बोलाइएको साधारण सभा स्थगित भएको जानकारी दिएको हो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा पुस १४ गते सोमबार...
कालिञ्चोक दर्शनको साधारणसभा आज, लाभांश र हकप्रद प्रस्ताव पारित गरिने
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको एघारौं वार्षिक साधारणसभा आज पुस १५ गते बस्दैछ। सभा काठमाडौंको गौशालास्थित बद्रीनाथ होटलमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद लाभांश (कर...
चार लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं । नेप्सेमा आज ४ वटा लघुवित्त कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजन भएका कम्पनीहरुमा डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त, छिमेक लघुवित्त,मिथिला लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको हो। मिथिला लघुवित्तको १४।२५ प्रतिशत बोनस सेयर समायोजन...
नयाँ सञ्जीवनी लघुवित्त शुभारम्भ हुँदै
काठमाडौं । सञ्जीवनी लघुवित्तले अब आफ्नो सेवा शुभारम्भ गर्ने भएको हो ।लघुवित्तमा सात बैंक तथा वित्तिय संस्थाको लगानी हुने भएको छ । तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा भएर राष्ट्र बैंकले टेकओभर गरेर पश्चात अब...
सलिकोद्वारा मार्केटिङ र मेडिकल विभागमा ठूलो संख्यामा कर्मचारी माग, कसरी दिने आवेदन ?
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै चार वटा पदमा केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा एसिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, सिनियर एसिस्टेन्ट...
सामसङ इनोभेसन क्याम्पसले एआई–बिग डेटा कार्यक्रम सम्पन्न, नयाँ कोडिङ–प्रोग्रामिङ ब्याच सुरु
काठमाडौँ । सामसङ इनोभेसन क्याम्पस नेपालले जुन २७ देखि डिसेम्बर ३१, २०२५ सम्म सञ्चालन गरेको एआई तथा बिग डेटा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ। यससँगै कोडिङ तथा प्रोग्रामिङको नयाँ ब्याच सुरु भएको पनि जानकारी दिएको छ। यस...




















