सुदूरपश्चिमका २७३ फरार कैदीबन्दी पक्राउ

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका दुई सय बढी कैदीबन्दी पक्राउ परेका छन् । नेपाली सेना तथा प्रशासनहरुले फरार कैदीबन्दीहरुलाई सम्पर्क आउनका साथै जेनजी आन्दोलनमा चोरी भएका सामान तथा हातहतियार फिर्ता गर्न आग्रह गरेको छ ।...


जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुग्यो

काठमाडौँ ।  जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमध्ये काठमाडौं उपत्यकादेखि विभिन्न जिल्लाका नागरिक रहेका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमध्ये तीन जना प्रहरी र एक भारतीय महिला पनि परेका छन्। हालसम्मको तथ्यांकअनुसार उपत्यकामा...


‘नयाँ सरकार सिंहदरबारबाटै चल्ने’

काठमाडौँ ।  मुख्य सचिव एकनारायण अर्यालले नयाँ सरकार सिंहदरबारमै गठन हुने र त्यहीँबाट सञ्चालन हुने स्पष्ट पारेका छन्। शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेनजीको मागअनुसार बन्ने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताए। सिंहदरबार जलेपछि...


जेन-जीको बलिदानलाई धोका नदिनुहोस्, सेनाले अन्तरिम सरकार घोषणा गरोस्: दुर्गा प्रसाईं

काठमाडौँ । सामाजिक अभियन्ता दुर्गा प्रसाईंले फेसबुकमार्फत राष्ट्रपतिसहित संविधानलाई निलम्बन गरी सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्ने माग गरेका छन्। उनले हालको संविधान, संसद, राष्ट्रपति र सम्पूर्ण व्यवस्थाप्रति प्रश्न उठाउँदै जेन–जीको बलिदानलाई धोका दिन नहुने बताएका छन्। उनले विगतमा आन्दोलनमार्फत...


घर जलेको फोटो शेयर गर्दै गोल्छाले भने ‘अन्धकारपछि आएको उज्यालोले सबैलाई एकतामा बाँधोस्’

काठमाडौँ ।  देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् भन्ने कामना गर्दै व्यवसायी शेखर गोल्छाले आशा व्यक्त गरेका छन्। हालैको आन्दोलनका क्रममा केही व्यवसायीमाथि भएको आक्रमणले आफ्नो परिवार पनि प्रभावित बनेको उल्लेख गर्दै उनले...


जेनजी प्रदर्शनमा क्षति व्यहोरेको भाटभटेनीको प्रतिबद्धता– ‘फेरि उठ्नेछौं’

काठमाडौँ ।  जेनजी प्रदर्शनका क्रममा सबैभन्दा बढी क्षति पुगेको भाटभटेनी सुपरस्टोरले पुनः अझ मजबुत भएर उठ्ने प्रतिबद्धता जनाएको छ। बिहीबार एक भिडिओ सार्वजनिक गर्दै सुपरस्टोरले ग्राहक र उपभोक्ताको साथमा पुनः उभिने दृढता प्रकट गरेको हो। बौद्धस्थित भाटभटेनी सुपरस्टोर जलिरहेको...


जेनजी आन्दोलनमा तोडफोड गर्नेलाई कडा कारबाही गर्न एमाले गण्डकीको माग

काठमाडौं । नेकपा (एमाले) गण्डकी प्रदेशद्वारा संबैधानिक समाधान खोज्न र आन्दोलनमा घुसपैठ गरी तोडफोड गर्नेलाई कडा कारबाही गर्न आग्रह माग गरेको छ । एमाले पार्टीले युवाहरूको योगदान र आन्दोलनमा सहभागीहरूको भावना प्रति सम्मान व्यक्त गर्दै आन्दोलनका नाममा तोडफोड तथा...


युवाहरुको रगतसँग खेलाँची गर्ने दुस्प्रयास नहोस्

यही भदौं २३ गते यो देशका ३१ जना होनाहार जेनजी पुस्ताका युवाहरुले नयाँ नेपाल निर्माणको संकल्पसहित सहिद भए । सयौं घाइते भएका छन् । कांग्रेस–एमाले नेतृत्वको सरकारले युवाहरुमाथि गरेको बर्बर दमनको प्रतिरोधमा भदौं २४ गते सशक्त प्रतिवाद भयो ।...


जेनजी आन्दोलनमा क्षति भएको सम्पत्तिको बीमा दावी सहज बनाउने एनएलजी इन्स्योरेन्सको प्रतिबद्दता, कर्मचारीलाई सम्पर्क गर्न आग्रह

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानीलाई सरल र सहज रुपमा फछ्र्यौट गर्ने प्रतिवद्दता जनाएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनले देशका विभिन्न स्थानमा भएका क्षतिको बीमा दावी...


नेपाल इन्स्योरेन्सको हकप्रद शेयर बिक्री खुला, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज अर्थात् भदौ २७ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले  गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १० बराबर ३.४७८३ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको...


सुनको मूल्य हालसम्मकै उच्च, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार ८०० रुपैयाँमा कारोबार...


सामान्य बन्दै काठमाडौं उपत्यकाको जनजीवन (तस्विरहरु)

काठमाडौं । जेनजी आन्दोलनले तहस नहस बनेको काठमाडौं उपत्यकाको जनजीवन सामान्य उन्मुख बन्दै गएको छ । नेपाली सेनाले आज कर्फ्यु हटाएर निषेधाज्ञामात्र जारी राखेको छ । अन्तरिम सरकार निर्माणमा सहमति अन्तिम चरणमा रहेको छ । केही दिन यता जेनजी...


आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको...


काठमाडौंको जनजीवन सामान्य बन्दै, दिउँसोको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

काठमाडौं । काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । अघिल्लो दिनको तुलनामा आज बिहान सवारी साधनहरुको संख्या बढी देखिएको हो । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हटाएको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते...


जेनजी आन्दोलनपछि प्रधानसेनापति सिग्देलको चीन भ्रमण रद्द

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको चीन भ्रमण स्थगित भएको छ । भदौ २७ देखि असोज ४ गतेसम्म हुने भनिएको उनको चीन भ्रमण देशका विकसित विषम परिस्थितिका कारण स्थगित भएको सैनिक स्रोतले जानकारी दिएको छ । देशको वर्तमान...


पूर्वन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी

पूर्वन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति पौडेलले बिहीबार दिनभर र मध्यरातसम्मै छलफल र परामर्श जारी राखेका छन्।  उच्च राजनीतिक स्रोतका अनुसार बिहीबार दिउँसो राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त...


राष्ट्रपति कार्यालयको वेभसाईट बन्द

काठमाडौं । केहीबेरदेखि नेपालको राष्ट्रपति कार्यालयको आधिकारिक वेभसाईट बन्द गरिएको छ । सर्भर डाउन वा अन्य कुनै समस्या आएको नभई एडमिनले नै सो वेभसाईट सार्वजनिक जानकारीको लागि नखुल्ने गरी बन्द गरिएको हो । शितल निवासस्थित राष्ट्रपति कार्यालय गत मंगलबार...


कांग्रेस-एमालेकै कारण सैनिक शासन लागू गर्न बाध्य हुँदै नेपाली सेना

काठमाडौं । यतिबेला राजधानी बाहिरबाट धमाधम हजारौं सेनाहरु काठमाडौंतर्फ प्रवेश गरिरहेका छन् । आज दिउँसो नेपाली कांग्रेस एमाले समर्थित विद्यार्थी संगठनहरुले भिषण आन्दोलन गर्ने जेएनजी आन्दोलनका विरुद्धमा प्रदर्शन गरेपछि उत्पन्न परिस्थितिका कारण नेपाली सेनाले उपत्यका बाहिर रहेका हजारौं सेनाहरु...


राजनीतिक स्थिरता नआएसम्म शेयर बजार बन्द नै राख्नु पर्ने लगानीकर्ताको माग, पुगे बोर्डको दैलोमा

काठमाडौँ । नेपालका लगानीकर्ता संघ-संस्थाहरूले देशको राजनीतिक अस्थिरता, सुरक्षा चुनौती र हालै घटेका दुःखद घटनाका कारण मर्माहत बनेको जनाउँदै पूँजीबजारमा कारोबार तत्काल केही समयका लागि स्थगित गर्न नेपाल धितोपत्र बोर्डसँग आग्रह गरेका छन्। विभिन्न लगानीकर्ता संगठनहरूले बिहिबार पठाएको संयुक्त...


जेन-जी प्रदर्शनमा भएको क्षतिको दाबी सहज बनाउन बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका जेनजी प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिको दाबी भुक्तानीलाई सहज बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले...